शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बालकमाथि पाँच लाख ऋण

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३, २०७३



  • काठमाडौं । सराङडाँडा ४ का भगीश्वर नेपाली १० वर्ष पुगे । दुर्गा उच्च माविको तीन कक्षाका विद्यार्थी उनीमाथि पाँच लाख ऋण छ ।

    आमाको उपचारका लागि उनका लागि ठूलो बाबा खड्गबहादुरले जमानी बसेर त्यो ऋण लिइदिएका थिए ।

    पहिल्यै बुवा गुमाइसकेका उनले पाँच लाख खर्च गरे पनि आमालाई बचाउन सकेनन् । वैदेशिक रोजगारीमा गएका बुबा रामबहादुर नेपालीले २५ पुस ०७१ मा मलेसियामै ज्यान गुमाए ।

    घरमा श्रीमती बिरामी थिइन् । श्रीमतीको उपचारका लागि रामबहादुरले खर्च जम्मा गरेका थिए । त्यो खर्च घर पठाउने तयारी गर्दैगर्दा उनको पैसाकै लागि हत्या भएको थियो ।

    श्रीमान्को हत्या भएको खबर आएपछि उनी थला नै परिन् । चेकजाँच गराउने क्रममा पत्ता लाग्यो उनको दुवै मृगौलाले काम गर्न छाडेछन् ।

    विराटनगर हुँदै काठमाडौंसम्म लगेर उपचार गरिए पनि उनको ज्यान बचेन । अन्तत: २० माघ ०७२ मा उनले पनि धर्ती छाडिन् ।

    आमा–बुवा दुवै गुमाएका भगीश्वरले अहिले ठूलो बाबा खड्गबहादुरकै घरमा संरक्षण पाइरहेका छन् ।

    तर, भतिजोमाथि लागेको पाँच लाख ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताइरहेको छ, खड्गबहादुरलाई ।

    ‘यो सानो बाबुलाई अहिले त मैले नै राखेको छु,’ खड्गबहादुरले भने, ‘आमाको उपचारमा लागेको ऋण तिरिदिने त हाम्रो पनि हैसियत छैन ।’ऋण कसरी तिर्ने भन्नेसँगै पढाइको चिन्ता पनि रहेको उनले बताए ।

    उनले भने, ‘त्यस्तो कुनै सहयोगी हात पाइए भगीश्वरको जिन्दगी बन्थ्यो होला, मलाई त सधैँ उनकै चिन्ताले सताइरहन्छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij