आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बालकमाथि पाँच लाख ऋण

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३, २०७३



  • काठमाडौं । सराङडाँडा ४ का भगीश्वर नेपाली १० वर्ष पुगे । दुर्गा उच्च माविको तीन कक्षाका विद्यार्थी उनीमाथि पाँच लाख ऋण छ ।

    आमाको उपचारका लागि उनका लागि ठूलो बाबा खड्गबहादुरले जमानी बसेर त्यो ऋण लिइदिएका थिए ।

    पहिल्यै बुवा गुमाइसकेका उनले पाँच लाख खर्च गरे पनि आमालाई बचाउन सकेनन् । वैदेशिक रोजगारीमा गएका बुबा रामबहादुर नेपालीले २५ पुस ०७१ मा मलेसियामै ज्यान गुमाए ।

    घरमा श्रीमती बिरामी थिइन् । श्रीमतीको उपचारका लागि रामबहादुरले खर्च जम्मा गरेका थिए । त्यो खर्च घर पठाउने तयारी गर्दैगर्दा उनको पैसाकै लागि हत्या भएको थियो ।

    श्रीमान्को हत्या भएको खबर आएपछि उनी थला नै परिन् । चेकजाँच गराउने क्रममा पत्ता लाग्यो उनको दुवै मृगौलाले काम गर्न छाडेछन् ।

    विराटनगर हुँदै काठमाडौंसम्म लगेर उपचार गरिए पनि उनको ज्यान बचेन । अन्तत: २० माघ ०७२ मा उनले पनि धर्ती छाडिन् ।

    आमा–बुवा दुवै गुमाएका भगीश्वरले अहिले ठूलो बाबा खड्गबहादुरकै घरमा संरक्षण पाइरहेका छन् ।

    तर, भतिजोमाथि लागेको पाँच लाख ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताइरहेको छ, खड्गबहादुरलाई ।

    ‘यो सानो बाबुलाई अहिले त मैले नै राखेको छु,’ खड्गबहादुरले भने, ‘आमाको उपचारमा लागेको ऋण तिरिदिने त हाम्रो पनि हैसियत छैन ।’ऋण कसरी तिर्ने भन्नेसँगै पढाइको चिन्ता पनि रहेको उनले बताए ।

    उनले भने, ‘त्यस्तो कुनै सहयोगी हात पाइए भगीश्वरको जिन्दगी बन्थ्यो होला, मलाई त सधैँ उनकै चिन्ताले सताइरहन्छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij