प्रकाशित मिति : आइतवार, भदौ ५, २०७३
दाङ, । दाङमा रहेका नेवार समुदायले उपत्यका बाहिरका नेवार समुदायलाई राज्यले बेवास्ता गरेको गुनासो गरेका छन् ।
उनीहरुले गाइजात्रा पर्व नेवारहरुको महत्वपूर्ण पर्व भएपनि राज्यले उपत्यकालाई मात्रै महत्व दिएको भन्दै दाङका नेवार समुदाय अगुवाले सरकारले नेपालभरका नेवारलाई एउटै आँखाले हेर्नुपर्ने बताए ।
उनीहरुले गाइजात्रा नेवारको विशेष पर्व भएकाले देशभर नै सरकारी विदा माग गरे ।
गाइजात्राको परम्परा काठमाडौदेखि स्थापना भएपनि अहिले देशभरका नेवार समुदायले विशेष रुपमा मनाउने गरेको उनीहरुको भनाइ छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij