आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मदिरा सेवन गरेको तीन जनालाई आइतवार प्रहरीले पक्राउ

  • प्रकाशित मिति : आइतवार, भदौ ५, २०७३



  • तुलसीपुर/ ईलाका प्रहरी कार्यालय तुलसीपुरले मदिरा सेवन गरि अराजक गतिविधि गरेको आरोपमा तीन जनालाई आइतवार पक्राउ गरेको छ ।

    मदिराले मातेका तीन जना किशोरले विरामी बोकेको एम्वुलेन्स,दुईवटा जिप , केही ट्रेक्टरलाई अनाहकका ढुङ्गामुढागरी क्षति पुर्याएको प्रहरीले जनाएको छ । साथै उनीहरुले वाटोमा जो फेलापर्छ उसैलाई अनाहकमा कुटपिट समेत गर्दै हिडेको प्रहरीले बताएको छ ।

    तुलसीपुर नगरपालिका वडा नं. २ रक्षाचौर निवासी अभिषेक बुढामगर, बिपिन नेपाली र तुलसीपुर ६ निवासी सुनिल नेपालीलाई आइतवार दिउँसो रक्षाचौरवाट पक्राउ गरि सार्वजनिक अपराध सम्वन्धि मुद्दा चलाईको ईप्रका तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाँईले जानकारी दिए ।

    पक्राउ परेका सबैको उमेर समुह १८ देखि २२ वर्ष सम्मको रहेको ईप्रका तुलसीपुरका प्रमुख कृष्ण प्रसाँईले जानकारी दिए । पक्राउ परेकाहरु विरुद्ध सार्वजनिक अपराध सम्वन्धि मुद्दा चलाइएको पनि प्रहरीले जनाएको छ ।

    पक्राउ परेका तीन जनाले शनिवार साँझ ८ बजेतिर तुलसीपुर १ गोटीखोलामा विरामी बोकेको एम्वुलेन्समा ढुङ्गामुढा गरि क्षतिपुर्याएका थिए । त्यस्तै उनीहरुले तुलसीपुर २ मजुवास्थित सडक खण्डमा स्थानीय सेतिराम विक, रक्षाचौर आँखा अस्पताल नजिक स्थानीय निमबहादुर गिरीलाई समेत कुटपिट गरि घाईते बनाएको डिएसपी प्रसाँईले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij