शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

गाडीबाट थिचिँदा एक मजदुरको मृत्यु

  • प्रकाशित मिति : आइतवार, भदौ ५, २०७३



  • पर्सा – वीरगन्ज उपमहानगरपालिका– २५ मा सञ्चालित विश्वकर्मा सिमेन्टमा आज बिहान गाडीबाट थिचिँदा एक मजदुरको मृत्यु भएको छ ।

    सिमेन्ट उद्योगकै नाममा दर्ता रहेको ना १ क २३७५ नंको लोडरबाट गजरनाथपुर निवासी ५० वर्षीय शिवशङ्कर साह गोढको मृत्यु भएको हो । बिहान ४ः४५ बजे सिमेन्ट उद्योगको दक्षिणतर्फको खाली भागमा गोढ बसिरहेका बेला लोडर चालक पर्सा, ध्यानसिंह पिपरा गाविस निवासी रवीन्द्र साह तुरहाले चलाएको लोडरले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता होबेन्द्र बोगटीले जानकारी दिए ।

    शव उद्योगमै राखी मजदुरले मृतकका आश्रित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै उद्योग बन्द गरेका छन् ।
    लोडर चालक तुरहा भने फरार छन् । मजदुर र उद्योग व्यवस्थापकबीच क्षतिपूर्तिका विषयमा छलफल चलिरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij