आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जहाँ आकाश हेरेर यात्रा तय हुन्छ सदरमुकाम आउने र जाने योजना

  • प्रकाशित मिति : आइतवार, भदौ ५, २०७३



  • जाजरकोट – आज आकाशमा बादल छ या छैन भनेर हेर्दै रिसाङ्ग, दारपाखा, बाहुनथाना, पोखरा नेटा लगाएतका दर्जन गाउँका स्थानियहरु सदरमुकाम आउने जाने गदछन् ।

    सदरमुकाम संगै जोडिएको भेरीमालिका नगरपालिका–२ मा रहेको दार खोला, झ्याली खेत खोला र कोट खोलामा पुल नबन्दा यहाँका स्थानीयहरु आकाश हेरेर यात्रा गर्न वाध्य भएको स्थानीय पार्वती केसीले बताउँछिन् ।

    सबैभन्दा बढी मारमा दैनिक सदरमुकाममा रहेको विद्यालयमा पढ्न आउने विद्यार्थीहरु परेका छन् । पुलको अभावमा त्रिभुवन उच्च माध्यमिक विद्यालय खलंगा, त्रिभुवन निम्न माध्यमिक विद्यालय रिसाङ्ग र विष्णु प्राथमिक दारनेटाका विद्यार्थी विद्यालय सयौ विद्यार्थीहरु आकाश हेरेर यात्रा गर्न वाध्य भएको केसीले बताइन् ।

    विद्यार्थीहरु मात्र होईन वर्षायाममा रिसाङ्ग, दार, बाहुनथाना, पोखरा नेटा पुरानो रिसाङ्ग, दारागाउ, तातोपानी, नेटा, कल्याणपुर, रोट, झ्यालीखेत , का स्थानियहरु सास्ती भोग्दै आएका छन् । वर्षायाममा मात्र खोला तर्न नसक्ने अवस्थामा पुग्ने यी खोलामा पुल निर्माण भएको भए ढुक्क साथ यात्रामा सहजता आउने स्थानीयको भनाई छ ।

    जिल्लाका टालेगाउ, डाडाँगाउ, रामीडाडा, रोकायगाउ , ढिमे, पैक, अर्छानी, र नायकबाडा गाविसका बासिन्दालाई सदरमुकाम आउन समस्या पार्ने गरेको ढिमे–१ का कालीप्रसाद थापाले बताए।

    यो ठाउँमा वाटो वर्षायाममा भत्किएका कारण यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ भने खच्चडहरु पानीको मात्रा कम भएको दिनमा मात्र आवतजावत गर्न सक्ने नायकवाडाका प्रेमविक्रम शाहीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij