प्रकाशित मिति : सोमवार, भदौ ६, २०७३
जाजरकोट । रुकुमको छेपारेदेखि आठविस डाँडागाउँ गाविसको सिमबजारसम्मको सडकमा यातायात चलाउन अनुमति छैन। अनुमति नै नपाएको सडकमा चालक अनुमतिपत्र नभएका चालकले पुराना थोत्रा जिप सञ्चालन गरी मनोमानी गर्दैै आएका छन् ।
बाह्र जनासम्म अट्ने क्षमता भएका थोत्रा जिपमा २० भन्दा बढी यात्रु कोचेर जोखिमपूर्ण यात्रा गराउँदा दुर्घटनाको सम्भावना बढेको छ। जम्मा २२ किमी सडकमा ३ सय ५० रुपैयाँ भाडा लिएर क्षमताभन्दा बढी यात्रु राखेर लुट मच्चाउने गरेको यात्रुले बताएका छन्।
यो रुटमा चल्ने जिपका चालकको लाइसेन्स अर्थात् चालक अनुमतिपत्र कसैको नभएको पाइएको छ। छेपारेदेखि सिमबजारसम्म प्रहरी चौकी नभएका कारण यसरी लुट मचाउन सजिलो भएको छ।
करिब १५ मिटरको दूरीमा रहेको इलाका प्रहरी कार्यालय आठविसकोटले कुनै पनि चासो नदेखाएको आठविसकोट–५ का कालीबहादुर सार्कीले बताए।
यात्रुहरु कोचाकोच गरेर नराख्न अनुरोध गर्ने यात्रुलाई बीचबाटोमै अलपत्र पार्ने गरेको र दुव्र्यवहार गर्ने गरेको यात्रुको भनाइ छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij