प्रकाशित मिति : सोमवार, भदौ ६, २०७३
ओखलढुंगा । ओखलढुगांको कटुन्जेमा चट्याङ लागेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटुन्जे–८ निवासी ६५ वर्षीय निरमाया सार्की रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
घरैमा बसिरहेको अवस्थामा आईबार दिउँसो अचानक चट्याङ पर्दा सार्की गम्भिर घाईते भएका थिए । त्यसपछि उपचारका लागि स्थानीय अस्पतालमा लैजाँदै गर्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक दिपक शाहले बताए ।
चट्याङकै कारण जिल्लाको कालिकास्थान–१ बस्ने धक्कन बहादुर बुढाथोकीका ६ वर्षीय छोरा गणेश सामान्य घाईते भएका छन् ।
त्यस्तै कटुन्जे–२ निवासी रण बहादुर बिष्टका ५३ वर्षीय श्रीमती कालीमाया बिष्ट पनि घाईते भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको प्रहरी निरिक्षक शाहले बताए ।
चट्याङ लागेर कालिकास्थान–१ निवासी रत्न बहादुर बुढाथोकीको एउटा खसी र एक ओटा बाख्रा मरेका छन् । यता रानिवन–३ निवासी चित्र बहादुर थापाको पनि चट्याङका कारण एउटा दुहुनो भैंसी र १ ओटा बाख्रा मरेको प्रहरीको भनाई छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij