आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कार दुर्घटना हुँदा पाँच जना घाइते

  • प्रकाशित मिति : सोमवार, भदौ ६, २०७३



  • म्याग्दी  ।  म्याग्दीको बाबियाचौर–५ लाम्पाटामा सोमबार दिउँसो कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

    बेनीबाट दरवाङतर्फ जाँदै गरेको बा१५च ३८६९ नम्बरको निजी कार सडकदेखि करिब एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    चालक दरवाङ–३ का ३१ वर्षीय तेजेन्द्र जुक्जाली, अर्मन–२ की ५५ वर्षीया जगमती किसान, १९ वर्षीया सिर्जना किसान, पर्वत मल्लाज घर भई अर्मन–२ बस्ने ६ वर्षीया रेखा किसान र रुम–९ की १६ वर्षीया मुस्कान रोका घाइते भएको प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले बताए ।

    घाईतेहरुलाई स्थानीयबासी, प्रहरी र यातायात व्यवसायीले घटनास्थलबाट उद्दार गरी उपचारका लागि बेनीस्थित जिल्ला अस्पतालमा ल्याइएको छ । रोका बाहेक अरु सबै घाइते बोल्न नसक्ने अवस्थामा छन् ।

    लाम्पाटाको पहिरो नजिकै कार फर्काउने क्रममा दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक गुरुले बताए ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij