प्रकाशित मिति : मङ्लबार, भदौ ७, २०७३
काठमाडौं । देशभर मन्दिरको संख्या कति होला ? यो प्रश्न पुरातत्व विभागका माहानिर्देशक भेषनारायण दाहाललाई सोधियो । ‘धेरै छन् तर गणना भने गरिएको छैन्’ दाहालले जवाफ फर्काए,’सयढ वर्षभन्दा माथिका पुरातात्विक महत्वका मन्दिको संख्या भने २ हजारभन्दा बढी छ ।’ यी मन्दिरहरुको वार्षिक खर्च कति हुन्छ रु दाहाल भन्छन्,’धेरै बजेट खर्च हुन्छ, तर हामीसँग सीमित स्रोत छ ।’ प्राचीनकालदेखि अस्तित्वमा रहेकादेखि टोलटोलमा बनाइएका मन्दिरमा व्यक्तिगत, सामाजिक, संघसंस्थादेखि सरकार र मातहतका स्थानीय निकायले वर्सेनि रकम खर्चेको पाइन्छ ।
पर्यटन मन्त्रालय, महानगर, नगरपालिका, जिविस र गाविसले स्थानीय मागको आधारमा ठाउँठाउँमा मन्दिर बनाउन रकम खर्चिएका छन् । पुरातत्वविद रोहित रन्जित मन्दिरको आँकडा राख्ने काम सरकारको भएको बताउँछन् ।
सन् २०१५ मा युनेस्कोले उपत्यकामा मन्दिरहरुको सूची बनाएको थियो जसमा एक हजार २ सय मन्दिर समावेश गरिएको पुरातत्वविद् रञ्जित बताउँछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij