आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लोकसेवा आयोगले प्रस्ताव गरेको नेपाली सेनालाई गम्भीर आपत्ति

  • प्रकाशित मिति : बुधबार, भदौ ८, २०७३



  • काठमाडौं  ।  नेपाली सेनामा प्रचलित भर्ना, छनोट, बढुवालगायतका विषयलाई प्रभावित गर्ने गरी लोकसेवा आयोगले प्रस्ताव गरेको ‘विधेयक मस्यौदा’ प्रति नेपाली सेनाले गम्भीर आपत्ति जनाएको छ ।

    राखेको प्रस्तावलाई विधेयक प्रस्ताव गरेको मापदण्ड तथा कार्यक्षेत्रभित्र नपर्ने भन्दै आयोगको प्रस्तावित विधेयकमा उल्लिखखित कतिपय प्रावधानप्रति गम्भीर आपत्ति र असहमति जनाएको हो ।

    आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा संशोधन र एकीकरण गर्न बनेको मस्यौदा विधेयकमा नेपाली सेनाका कतिपय कर्तव्य र अधिकारहरुमा आयोगले हस्तक्षेप गरेको भन्दै सैनिक मुख्यालायले असहमति जनाएको स्रोतले बताएको छ ।

    नेपाली सेनासम्बन्धी विषयबस्तु समावेश गरी आयोगले तयार पारेको विधयेकप्रति असहमति जनाउँदै सैनिक मुख्यालायले मंगलबार विधेयकमा उल्लेखित नेपाली सेनाका प्रावधानप्रति सुझाव र राय बुझाएको स्रोतले बतायो ।

    नेपाली सेनाले घुमाउरो शैलीमा विधेयकमा उल्लिखित ती प्रावधानहरु हटाउनसमेत आयोगलाई आग्रह गरेको छ । उक्त विधेयक संसदमा दर्ता भइसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij