शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

आफैं बजारको अनुगमनमा निक्लिए प्रजिअ

  • प्रकाशित मिति : बुधबार, भदौ ८, २०७३



  • ताप्लेजुुङ   ।  ताप्लेजुङमा हाल बजार अनुगमनलाई तीब्रता दिइएको छ । यहाँका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेको नेतृत्वमै बजार अनुगमलाई तीब्रता दिइएको हो । दशैं तिहार जस्ता चाडपर्व नजिकिँदै जाँदा बजारमा हुनसक्ने कालोबजारी र अनियमिततालाई नियन्त्रण गर्न बजारको अनुगमन तथा निरीक्षण गर्न थालेको समितिले जनाएको छ ।

    जिल्ला अनुगमन समितिले चाडवर्प साथै अन्य बेलामा समेत उपभोक्ताहरु ठगिन नपाउन् भन्ने उद्देश्य राखी बजार अनुगमनलाई तीब्र पारेको जनाएको छ । गएको आइतबारदेखि दैनिक प्रमुख जिल्ला अधिकारी पाण्डेकै नेतृत्वमा सदरमुकाम फुङ्लिङ बजारको अनुगमन गरिँदै आएको छ । अनुगमनका क्रममा अधिकांश पसल अव्यवस्थित रुपमा सञ्चालित रहेको पाइएको छ ।

    सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित अधिकांश किराना पसलहरुमा नियम विपरित खाद्यान्न देखि मदिरा समेत एकै ठाउँमा राखेर विक्री वितरण गर्ने गरेको पाइएको प्रजिअ पाण्डेले बताए ।

    उनले भने– “एउटै पसलमा खाद्यान्न, किराना, तरकारी र मदिरा एकै ठाउँमा राखेर विक्री गरेको पाइएको छ, केहीले फरक–फरक सामानको विक्री गर्न इजाजत लिएको पाएपनि नियम अनुसार त्यो एकै ठाउँमा राखेर विक्री गर्न पाइँदैन ।”

    उनले नियम बमोजिम व्यवसाय सञ्चालन गर्न सबैलाई सुझाव दिँदै आफ्नो पसललाई व्यवस्थित गर्न अर्थात किराना, तरकारी, मदिरा लगायतका वस्तुलाई छुट्टाछुट्टै राख्न सम्बन्धित व्यवसायीलाई निश्चित समय उपलब्ध गराएको बताए । निर्धारित समयभित्र व्यवसायीले निर्देशनको पालना नगरे उनीहरुको पसल शिल गरिने उनले बताए ।

    यस्तै अधिकांश पसलहरुमा मूल्य सूची नभएको र केही पसलको नाम नभएको अर्थात बोर्ड नै नराखेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले बताए । सहायक प्रजिअ भट्टराईका अनुसार माछा मासु पसलमा बढी समस्या रहेको पाइएको छ ।

    अव्यवस्थित ढंगले मासु विक्री वितरण गर्ने गरेको र सडिसकेको माछा समेत विक्री गर्ने गरेको पाइएको उनले बताए । उनका अनुसार केही किराना पसलमा बोतलमा भरेर अवैध रुपमा पेट्रोल समेत बेच्ने गरेको पाइएको छ । त्यस्तै पाउरोटीमा उद्योगमै लेबल नराखी उत्पादन हुने गरेको भेटिएको छ ।

    उनले केही साना होटलहरुमा विना इजाजत मदिरा विक्री वितरण गर्ने गरेको, इजाजत लिए पनि समयमै नवीकरण नभएको पाइएको बताए ।

    यस्तै सरसफाइलाई समेत कम ध्यान दिएको पाइएको उनले जानकारी दिए । त्यस्तै किराना पसलहरुमा केही म्याद गुज्रेका मिठाइजन्य खाद्य वस्तु, पेय पदार्थहरु भेटिएकाले त्यसलाई नष्ट गरिएको उनले बताए । आगामी दिनमा यस्ता म्याद गुज्रेका अखाद्य वस्तु तथा सामान बिक्री नगर्न विक्रेतालाई सुझाइएको र विक्री गरेको थाहा पाएमा कारबाही गरिने उनको भनाइ छ ।

    अनुगमनका क्रममा व्यापारी व्यवसायीले प्रयोग गर्दै आएका ढक तराजुमा समेत समस्या रहेको पाइएको छ । पूरानो ढकको प्रयोग भइरहेको र अलि बढी समस्या डिजिटल तराजुमा समस्या देखिएको छ ।

    डिजिटल मापनमा एउटै तौलको कुनैमा बढी कुनैमा कम परिमाण देखाउने पाइएको अनुगमनमा संलग्न रहनुभएका ताप्लेजुङ नगरपालिका कार्यालयका कार्यकारी अधिकृत डिल्लीरमण पौडेलले जानकारी दिनुभयो । पौडेलले अधिकांश पसल तथा व्यवसायहरु नगरपालिकामा दर्ता नभएको पाइएकाले समयमै दर्ता गर्न सम्बन्धित व्यवसायीलाई सुझाव दिएको बताए ।

    यता उपभोक्ताहरुले दैनिक उपभोग्य वस्तु खाद्यान्न लगायतमा आपूmहरु ठगिने गरेको गुनासो गर्दै आएका छन् । उनीहरुले सबैभन्दा बढी फेन्सी सामग्रीमा ठगिँदै आएको बताएका छन् । फेन्सी सामग्रीको कुनै निश्चित मूल्य नभएकाले डेढ÷दुई सय मूल्य पर्ने वस्तुलाई पाँच÷सात सय रुपियाँसम्म तिर्नु परिरहेको उनीहरुको गुनासो छ ।

    यस विषयमा मूल्य मापनमै समस्या रहेको अनुगमन समितिका एक सदस्यको भनाइ छ ।
    जिल्ला अनुगमन समितिले भने बजार अनुगमनलाई निरन्तरता र थप कडाइ गर्ने जनाएको छ ।

    सदरमुकाम बाहेक जिल्लाको दोभान बजार, खाम्दिमे बजार, सुकेटार लगायतका स्थानीय बजारहरुमा पनि अनुगमन तथा निरीक्षण गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij