प्रकाशित मिति : बुधबार, भदौ ८, २०७३
शौचालय प्रयोगमा ल्याउनु अघि भएको कार्यक्रममा राष्ट्र संघीय विकास कार्यक्रमका निर्देशक रेनो मेअरले फरक पहिचान भएका व्यक्तिको पनि अरु सरह समान अधिकार स्थापित गर्नुपर्नेमा जोड दिए । तेस्रोलिंगीका लागि छुट्टै शौचालय नुहँदा समस्या भोग्नु परेको गुनासो आइरहेकाले राष्ट्र संघको नेपाल कार्यालयले तेस्रोलिंगी मैत्री शौचालय निर्माण गरेको मेअरले वताए । यो सांकेतिक हो उनले भने, तेस्रोलिंगी भएकै कारण हुने विभेद, दुरव्यवहार र हिंसा अन्त्य हुनु पर्छ । मेअरले तेस्रोलिंगी मैत्री शौचालय निर्माण गर्नु धेरै महत्वपुर्ण र राम्रो उदाहारण भएको वताए ।
राष्ट्र संघको कम्पाउण्डमा यो शौैचालय बन्नु नेपालकै लागि राम्रो हो उनले भने, तेस्रोलिंगीहरुले पनि सजिलो महसुस गर्न पाउनेछन । नेपाली सबै समान हुन भन्दै मेअरले यो उदाहारणबाट सरकारी निकायहरुले पनि पाठ सिक्ने वताए । उनले यो हेरेर सरकारले पनि तेस्रोलिंगी मैत्री शौचालय निर्माण गर्ने र तेस्रोलिंहरुले सहज महसुस गर्ने विश्वास व्यक्त गरे । नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले राष्ट्र संघ नेपाल कार्यालयले तेस्रोलिंगी मैत्री शौचालय निर्माण गरेकोमा धन्यवाद दिइन । उनले सबैका लागि शौचालय निर्माण भएपनि तेस्रोलिंगी मैत्री शौचालय त्यति नबनेको बताउँदै सबै ठाउँमा तेस्रोलिंगी मैत्री शौचालय बन्नु पर्नेमा जोड दिइन । तेस्रोलिंगी मैत्री शौचालय नहुँदा तेस्रोलिंगी महिला र तेस्रोलिंगी पुरुष हिंसाको सिकार बन्नु परेको ढकालले वताइन । उनले आफूहरुका लागि सुरक्षित भने तेस्रोलिंगी शौचालयनै हुने वताइन ।
तेस्रोलिंगी मैत्री शौचालय नहुँदा लामो यात्रामा निस्कदा तेस्रोलिंगीहरुले पानी र खाना नखाई भोक भोकै यात्रा गर्नु परेको ढकालको भनाई छ । बस स्टपमा तेस्रोलिंगीका लागि शौचालय हुँदैन पुरुषकोमा जान पनि समस्या महिलाकोमा जान पनि समस्या उनले भनिन्, त्यसैले पानी समेत नखाई यात्रा गर्न तेस्रोलिंगी बाध्य छन् । उनले तेस्रोलिंगी मैत्री शौचालय निर्माणले सरकारलाई दवाव पुग्ने आशा व्यक्त गरिन् । संबिधानमा अधिकार लेखिएको तर कार्यान्वयन पक्ष भने फितलो रहेको अनुभव ढकालले सुनाइन । तेस्रोलिंगी एलिन भण्डारीले तेस्रोलिंगी मै शौचालय नहुँदा धेरै अप्ठ्यारो हुने गरेको वताए । सार्वजनिक शौचालयमा जान धेरै तेस्रोलिंगीलाई सकस हुने गरेको भण्डारीले सुनाए । उनले आफू तेस्रोलिंगी पुरुष भएकाले सार्वजकि शौचालय प्रयोग गर्दा अप्ठ्यारो हुने वताए । जन्मदा म महिला भएर जन्मेको अहिले मेरो पहिचान भन्नुपर्दा म तेश्रोलिंगी पुरुष उनले भने म महिलाको शौचालयमा जादा विभेद सहनुपर्छ । कुन सार्वजनिक शौचालयमा जाने हामी ? उनले तेस्रोलिंगीहरुले सहज रुपमा सार्वजनिक शौचालय प्रयोग गर्न पाउनुपर्ने वताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij