शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

शिक्षा दिवसका लागि मूल आयोजक समिति गठन

  • प्रकाशित मिति : शुक्रबार, भदौ १०, २०७३



  • काठमाडौँ । राष्ट्रिय शिक्षा दिवस मनाउन शिक्षा मन्त्रालयले मूल आयोजक समारोह समिति गठन गरेको छ ।

    मन्त्रालयमा आज बसेको बैठकले यही भदौ २३ गते मनाइने शिक्षा दिवसका लागि नवनियुक्त शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा मूल आयोजक समारोह समिति गठन गरेको हो ।

    यसैगरी शिक्षा दिवसलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न १२ उपसमितिसमेत गठन गरिएको छ । उत्कृष्ट विद्यालय मूल्याङ्कन समिति, कार्यक्रम समिति, शैक्षिक स्मारिका प्रकाशन समिति, सांस्कृतिक कार्यक्रम समिति रहेका छन् ।

    यस्तै प्रचारप्रसार समिति, आन्तरिक व्यवस्थापन समिति, परिसंवाद समिति, अन्तर्राष्ट्रिय साक्षरता दिवस समिति, खेलकुद समिति, समन्वय समिति, विद्याभूषण तथा छात्रा शिक्षा पदक व्यवस्था समिति, शिक्षा पुरस्कार वितरण केन्द्रीय समिति र क्याम्पस मूल्याङ्कन समिति, पुरस्कार छनोट समितिलगायतका समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले जानकारी दिए ।

    आजको बैठकमा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij