आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बौलाहा कुकुरको टोकाईबाट ओखलढुंगामा ६ जना घाईते

  • प्रकाशित मिति : शुक्रबार, भदौ १०, २०७३



  • ओखलढुंगा । ओखलढुंगामा शुक्रबार बौलाहा कुकुरको टोकाइबाट ६ जना घाईते भएका छन् । घाइते हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा नम्बर ५ का बगेश्वर राजभन्डारी, यज्ञराज राई, सुरज श्रेष्ठ र डिल्ली परियार रहेका छन् ।

    त्यस्तै कुकुरको टोकाईबाट कुन्तादेबी ७ का शान्ता कार्की र तलुवा गाबिस वडा नम्बर ३ का गणेश श्रेष्ठ पनि घाईते भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक दीपक शाहाले बताए ।

    उनीहरुलाई हिँडिरहेको अवस्थामा एउटै कुकुरले टोकेको प्रहरीको भनाई छ । घाइतेहरु सामुदायीक अस्पताल मिसनमा सामान्य उपचारपछि घर फर्किएका छन् ।

    ओखलढुंगा बजारको गणेशटोलमा हिडिरहेका उनीहरुलाई एकाएक कुकुरले टोकेको थियो । मानिसलाई टोकेपछि कुकुर फरार भएको भएपनि प्रहरीको नियन्त्रणमा मार्न सफल भएको प्रहरी निरिक्षक शाहले बताए ।

    उनका अनुसार सो कुकुरलाई रेबिज लागेको आशंकामा पोष्टमार्टमका लागी काठमाडौं पठाइएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij