प्रकाशित मिति : शनिबार, भदौ ११, २०७३
जेपी थुलुङ, सोलुखुम्बु । सोलुखुम्बुको किरातीहरुले आफ्नो संकृतीलाई गाउँमा भन्दा सदरमुकाममा महत्व दिन थालेका छन् । किरातीहको बाहुल्यता रहेको हिमाली जिल्ला सोलुखुम्बुमा गाउँगाउँमा भन्दा सदरमुकाममा धुमधामका साथ आफ्नो संस्कार संस्कृतीको संरक्षण गर्न थालेका हुन् ।
पछिल्लो समय सदरमुकामका किरातीहरुले धर्मकर्म तथा बिबाहा जस्ता महत्वपुर्ण कार्यमा सबै किराती एकजुट भई आफ्नो संस्कार संस्कृतीप्रती उत्साहित हुन थालेका हुन् ।
मृतकको नाममा गरिने कार्य वा बिवाहाको कार्यमा भएपनि सोलुखुम्बुका सबै किरातीहरु एक भई धुमधामकासाथ आ–आफ्नो संस्कृती अनुसार धर्मकर्ममा जुट्न थालेपछि खुसी भएको सदरमुकामका किरातीहरुले बताएका छन् ।
सोलुखुम्बुको बिभिन्न गाबिसमा रहेका किरातीहरु प्रायजसो सदरमुकाम सल्लेरीमा पनि सबै गाबिसका किरातीहरुको बसोबास रहिआएको छ ।
आ–आफ्नो पेशा व्यबसायले सदरमुकाम बस्दै आएका किरातीहरु सदरमुकाममा भएका राईहको जस्तोसुकै कार्यक्रममा पनि सहभागी भई एक अर्कोमा सहयोग गर्ने गरेको काकु घर भई सदरमुकाम सल्लेरीमा व्यबसाय गर्दै आउनुभएका अशोक खालिङले बताउनुभयो ।
बिभिन्न पेशा व्यबसाय लिइएर सदरमुकाममा बसोबास गर्दै आएका शिक्षक, बिद्यार्थी, होटल तथा पसल व्यबसाय, बिभिन्न कार्यलयमा आबद्ध कर्मचारी, सुरक्षाकर्मी तथा संचारकर्मीहरु सबैले एक अर्कोबिच सहयोग आदान प्रदान् गर्न पाउदा आफु निकै खुसी भएको खालिङको भनाई छ ।
समग्र किरातीहरु एकै कार्यक्रममा सहभागी बन्न पाउदा छिमेकी जिल्ला ओखल्ढुंगाको नजिक रहेको गाबिस नेचा बेतघारी र खोटाङको सिमानामा रहेको जुबु गाबिस जस्ता टाढाटाढाका राईहरुबिच एक अर्कोमा परिचय तथा एक अर्कोको संस्कार संस्कृती सबैले बुझ्न पाइने राइहरुको भनाईछ ।
सोलुखुम्बुको लोखिम, जुबु, देउसा, मुक्ली, कागेल, पंचन, तिङला र नेचा बेतघारीमा थुलुङ राईको बसोबास रहेको छ भने बुङ, छेस्काम गुदेल, र सोताङमा कुलुङ तथा नाछिरिङको बसोबार रहेको छ ।
यस्तै वाकु, बासा काकु, जुभिङ र टाक्सीन्दुमा खालिङ राईहरुको बसोबास तथा प्रयजसो सोलुखुम्बुको अधिकांश गाबिसमानै किरातीहरुको अस्थाई बसोबास रहिआएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij