आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तीज महोत्सव शुरु

  • प्रकाशित मिति : शनिबार, भदौ ११, २०७३



  • धनगढी । कैलालीका महिलाहरुले तीज महोत्सव शुरु गरेका छन । आजदेखि कैलालीको उद्योग वाणिज्य संघमा महिलाहरुले सो महोत्सव शुरु गरेका हुन् ।

    आर्थिक समृद्धि तथा संस्कृति संरक्षण महिला व्यवसायी भन्ने नाराका साथ शुरु भएको सो महोत्सव तीन दिन सम्म चल्ने महिला उद्यमी एंव कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष रुकमणी देवकोटाले जानकारी दिईन् ।

    महोत्सवमा आज नाँच गान गरिएको छ भने भोलीबाट प्रतियोगिता शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुनेलाई २५ सय, दोस्रोलाई दुई हजार र तेस्रोलाई १५ सय नगद सहित पुरस्कार गरिने जनाईएको छ ।

    प्रतियोगितामा एक सय ५० महिलाको सहभागिता रहेको छ । सहभागिहरुले आफ्नै भाषा र लयमा नाँच गान गर्नुपर्ने जनाईएको छ ।
    महोत्सवको एक कार्यक्रमका बिच कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गरेका थिए ।

    कैलाली उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिका अध्यक्ष विष्णु पुरीको अध्यक्षतामा भएको हो ।

    यस्तै, तीजको अवसरमा धनगढी उपमहानगरपालिकाका मन्दिरहरुमा महिलाहरुले तीजका गानामा नाचगान र रमाईलो गर्नमा व्यस्त छन् । नजिकिदै गरेको तीजको चहलपहल पनि बजारमा बढ्दै गएको छ ।

    अहिले बजारमा सामान किनमेल गर्ने महिलाहरुको संख्या पनि बढ्दै गएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij