शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

तीज महोत्सव शुरु

  • प्रकाशित मिति : शनिबार, भदौ ११, २०७३



  • धनगढी । कैलालीका महिलाहरुले तीज महोत्सव शुरु गरेका छन । आजदेखि कैलालीको उद्योग वाणिज्य संघमा महिलाहरुले सो महोत्सव शुरु गरेका हुन् ।

    आर्थिक समृद्धि तथा संस्कृति संरक्षण महिला व्यवसायी भन्ने नाराका साथ शुरु भएको सो महोत्सव तीन दिन सम्म चल्ने महिला उद्यमी एंव कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष रुकमणी देवकोटाले जानकारी दिईन् ।

    महोत्सवमा आज नाँच गान गरिएको छ भने भोलीबाट प्रतियोगिता शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुनेलाई २५ सय, दोस्रोलाई दुई हजार र तेस्रोलाई १५ सय नगद सहित पुरस्कार गरिने जनाईएको छ ।

    प्रतियोगितामा एक सय ५० महिलाको सहभागिता रहेको छ । सहभागिहरुले आफ्नै भाषा र लयमा नाँच गान गर्नुपर्ने जनाईएको छ ।
    महोत्सवको एक कार्यक्रमका बिच कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गरेका थिए ।

    कैलाली उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिका अध्यक्ष विष्णु पुरीको अध्यक्षतामा भएको हो ।

    यस्तै, तीजको अवसरमा धनगढी उपमहानगरपालिकाका मन्दिरहरुमा महिलाहरुले तीजका गानामा नाचगान र रमाईलो गर्नमा व्यस्त छन् । नजिकिदै गरेको तीजको चहलपहल पनि बजारमा बढ्दै गएको छ ।

    अहिले बजारमा सामान किनमेल गर्ने महिलाहरुको संख्या पनि बढ्दै गएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij