आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुर्घटना बढेपछि प्रहरी, चेकजाँचमा कडाइ

  • प्रकाशित मिति : आइतवार, भदौ १२, २०७३



  • चितवन  नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना बढ्दै गएपछि चेकजाँचमा कडाइ थालिएको छ भने संवेदनशील क्षेत्रमा ट्राफिक चिह्न र सुरक्षाबार राखिने भएको छ ।

    शुक्रबार बिहान बस र शनिबार बिहान ट्रक त्रिशूली नदीमा खसेपछि सुरक्षा निकाय र सडक डिभिजनको समन्वयमा सो सडक क्षेत्रमा आजैबाट ट्राफिक चिह्न र सुरक्षाबार निर्माण गर्ने कार्य थालिने भएको हो । चितवनको मौवाखोलादेखि आँपटारीसम्मको सडक क्षेत्रमा यो कार्य गरिने छ ।

    सो सडकखण्डको मध्ये क्षेत्र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायसहितको टोलीले शनिबार निरीक्षण गरी तत्काल काममा सहयोग पु¥याउन मातहतका प्रहरीलाई निर्देशन दिएका थिए ।
    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार सो सडकको संवेदनशील क्षेत्रहरूमा सवारी साधन ठोक्किँदासमेत तल नखस्ने गरी प्यारामिटर र ग्याभिन बार लगाइने भएको छ ।
    सडकको अवस्थाका बारेमा चालकलाई जानकारी होस् भन्नका लागि अधिकतम ठाउँमा ट्राफिक सङ्केत चिह्न राखिने कुँवरले बताए ।

    मुग्लिनबाट मौवाखोलासम्म भने डिभिजन सडक कार्यालय भरतपुरले यो काम गर्ने छ ।
    शुक्रबार बस दुर्घटना भएको स्थान अत्यन्त संवेदनशील भएकाले उक्त स्थानमा आजै साँझसम्म ग्याभिन निर्माण सम्पन्न गर्न निर्देशन दिइएको कुँवरले बताए ।
    सो स्थानबाट बस त्रिशूलीमा खस्दा २२ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते छन् ।

    अर्कोतर्फ प्रहरीले सवारी साधनमाथिको चेकजाँचलाई समेत कडाइ गरेको छ ।
    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालका अनुसार, नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै जाने सवारी साधनलाई जुगेडीमा चेकजाँच थालिएको छ ।

    काठमाडौँबाट पोखरातर्फ जाने आउने सवारी साधनलाई मुग्लिन, पूर्वबाट आउने सवारी साधनलाई भण्डारा र पूर्व जाने सवारी साधनलाई गोन्द्राङमा कडाइका साथ चेकजाँच थालिएको भेटवालले बताए ।

    चितवन हुँदै दैनिक छदेखि सात हजार सवारी साधन ओहोरदोहोर गर्ने ट्राफिक प्रहरीको तथ्याङ्क छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij