आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टाटासुमो दुर्घटना हुँदा १० घाइते, ३ गम्भीर

  • प्रकाशित मिति : सोमवार, भदौ १३, २०७३



  • रामेछाप ।  गए राति ९ बजे रामेछाप जिल्लाको खिम्तिमा ना१ज ८२७२ नम्बार टाटासुमो दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन् । घाइतेमध्ये चालक सञ्जय खड्का र अन्य दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    खिम्तिमा तरुणदल रामेछाप क्षेत्र नं. १ को अधिवेशन सकेर तरुण दलका नेता कार्यकर्ता लिन मन्थलीतर्फ जाने क्रममा खिम्ती बजारबाट केही तल पुग्ने बित्तिकै दुर्घटना भएको हो ।

    दुर्घटनामा परि सुमो चालक सञ्जय खड्का, युद्वबहादुर योगी, प्रेम नेपाली, रुद्रबहादुर सुनुवार, कमल सुनुवार, विनोद बुढाथोकी, चिनबहादुर दर्जी, धिरज खत्रीलगायतका तरुणदलका नेता कार्यकर्ता घाइते भएका छन् ।

    गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि एम्बुलेन्सबाट गए राति नै काठमाडौं पठाइएको छ भने अन्य घाइतेहरुको तामाकोसी सहकारी अस्पताल रामेछापमा उपचार भइरहेको छ । तीब्र गतिका कारण सुमो दुर्घटना भएको घाइतेहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij