शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

माओवादीले भत्काएको पाल्पा दरबार पुनःनिर्माण सकियो

  • प्रकाशित मिति : सोमवार, भदौ १३, २०७३



  • पाल्पा । द्वन्द्वकालीन समयमा ध्वस्त भई पुनःनिर्माण भएको पाल्पा दरबार सङ्ग्रहालयको रुपमा सञ्चालन हुने भनिएतापनि हालसम्म प्रयोगमा आउन सकेको छैन ।

    २०६२ साल माघ १८ गते माओवादी आक्रमणमा ध्वस्त भएको पाल्पा दरबार २०७० साउनमा निर्माण कार्य सम्पन्न भएको थियो । स्थानीय राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यापारीले दरबारलाई सङ्ग्रहालय बनाउनुपर्ने माग गर्दै आएका थिए ।

    मन्त्रिपरिषद्को निर्णय भएपछि गत माघ ३ गतेदेखि दरबारलाई सङ्ग्रहालयका रुपमा कार्यालय स्थापना गरिएको छ । तीन महिनासम्म पनि सङ्ग्रहालयमा एउटा काठको ठेकीबाहेक अन्य कुनै पनि सामान सङ्ग्रहित गरिएको छैन् ।

    मन्त्रिपरिषद्को बैठकले राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत प्रमुख रहने गरी सात जना कर्मचारीको दरबन्दी स्वीकृत गरेसँगै पाल्पा दरबार सङ्ग्रहलय सञ्चालनको प्रक्रिया अघि बढेको हो ।

    सङ्ग्रहालयका प्रमुख विष्णुप्रसाद खनाल भन्छन्, “दिनमा २०० सम्म आन्तरिक तथा बाह्य पर्यटक सङ्ग्रहालयमा अवलोकन गर्न आउने गर्दछन्, तर खाली दरबार मात्रै हेरेर फर्कने गरेका छन् ।” सङ्ग्रहालयमा पुराना सामान ल्याउन सूचना गरिएको उनले बताए ।

    झन्डै रु सात करोडको लागतमा निर्माण भएको दरबारमा चारवटा तल्ला, ६४ वटा कोठा, दुईवटा बुर्जा र दुईवटा बैठक हल रहेको छ । तत्कालीन शासक जनरल प्रतापशमशेरले १९८३ सालमा निर्माण गरेको पाल्पा दरबारलाई जिल्लाकै गौरवको रुपमा लिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij