प्रकाशित मिति : मङ्लबार, भदौ १४, २०७३
जेपी थुलुङ, सोलुखुम्ब । जिल्ला कृषी बिकास कार्यलय सोलुखुम्बुमा प्लाष्टिक टनेलको माग सबैभन्दा उच्च भएको छ । आर्थिक बर्ष ०४३/०७४ को स्वीकृत कार्यक्रम अनुसार व्यबसायिक तरकारी खेतीको लागी कृषकद्धारा प्लाष्टिक टनेलको माग सबै भन्दा बढि भएको जिल्ला कृषी बिकास कार्यलय सोलुखुम्बुले जनाएको छ ।
पछिल्लो समय अधिकांश कृषकहरु तरकारी खेती तर्फ आकर्षित हुन थालेपछि प्लाष्टकि टनेलको माग उच्च भएको बरिष्ठ कृषी बिकास अधिकृत हस्त बहादुर विष्टले बताउनुभयो । स्वीकृत कार्यक्रम अनुसार प्लाष्टिक टनेल अनुदानमा बितरण गर्ने कार्यक्रम रहेको हुादा कृषकको माग उच्च भएको कार्यलय प्रमुख बिष्टको भनाई छ ।
२ ओटा प्लाष्टिक टनेल माग गर्नुपेर्न र एकओटाको मुल्य अग्रीम भुक्तानि गर्ने भनि संचार माध्यममा सुचना प्रसारण हुनसाथ किसानहरुको घुईचो लागेको विष्टले बताउनुभयो ।
सुचना अनुसार किसानहरु निर्धारित समयमा कार्यलय आउदा निर्धारित मिति भन्दा १ दिन अघिनै लक्ष्य अुनसारको माग पुरा भएकाले कृषकहर खालिहात फर्काउनु परेको कार्यलयले जनाएको छ ।
कृषकहरुको मागलाई मध्येनजर गर्दै आगामी कार्यक्रममा प्लाष्टकि टनेलको संख्या बढाउने बरिष्ठ कृषी बिकास अधिकृत हस्त बहादुर बिष्टले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij