आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जिविसमा नियम मिचेर नियुक्ति !

  • प्रकाशित मिति : मङ्लबार, भदौ १४, २०७३



  • म्याग्दी ।  जिविसको कार्यालय म्याग्दीले प्रक्रिया पूरा नगरी कर्मचारी भर्ना गरेको छ ।

    स्थानीय स्वायत्त शासन नियमावली, २०५६ विपरीत खुल्ला प्रतिस्पर्धा नगराई कर्मचारी नियुक्त गरिएको हो । जिविसमा रिक्त स्थायी दरबन्दी सहायक पाँचौँ तह (नासु) स्तरको प्रशासन-पञ्जीकरण र आन्तरिक लेखा परीक्षण शाखा हेर्ने गरी बेनी नगरपालिका–५ की सुनिता शर्मालाई यही भदौ १० गतेदेखि लागू हुने गरी नियुक्त गरिएको छ ।

    यसैगरी कम्प्युटर अपरेटरमा दरबाङ–९ की दिलमाया बिटालुलाई भदौ १ गतेदेखि कार्यान्वयन हुने गरी नियुक्त गरिएको छ । खुला प्रतिस्पर्धाका माध्यमबाट खास अवधिका लागि करारमा नियुक्त गर्न सकिने नियमावलीको दफा २१७ मा भएको व्यवस्थालाई जिविसले उल्लङ्घन गरेको हो ।

    जिविसको प्रशासन/पञ्जीकरण र आन्तरिक लेखा परीक्षण शाखामा कार्यरत सहायक पाँचौँ तहस्तरका कर्मचारी तुलबहादुर बानियाँले उमेर हदका कारण गत साउन २८ गते अवकाश लिएपछि उक्त पद रिक्त भएको थियो । यस्तै हरि गौतम डिभी परेर अमेरिका गएपछि करिब आठ वर्षदेखि कम्प्युटर अपरेटर पनि रिक्त थियो ।

    स्थानीय स्वायत्त शासन नियमावलीमा एक वर्षसम्म रिक्त पदमा स्थायी पदपूर्ति हुन नसकेमा उक्त पद स्वतः खारेज हुने उल्लेख छ । नियमावलीअनुसार खारेज भइसकेको उक्त पदमा जिविसले विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)मा कार्यरत बिटालुलाई नियुक्त गरेको छ ।

    उनको असोज मसान्तसम्म ड्रिलिपमा करार सेवा अवधि बाँकी छ । सेवा अवधि बाँकी रहँदै अर्को पदमा नियुक्त गर्न नपाइने व्यवस्था छ । चोरबाटोबाट कर्मचारी भर्ना गर्नु स्थानीय स्वायत्त शासन नियमावलीको उल्लङ्घन भएको जिविसका कर्मचारीले बताएका छन् ।

    नियमावलीको दफा २१५ बमोजिम गठन भएको पदपूर्ति समितिको सिफारिसमा स्थायी पदमा खुला प्रतियोगिताद्वारा खास अवधिका लागि करार वा अस्थायी नियुक्त गर्न सकिने व्यवस्था छ ।

    स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले पदपूर्ति समितिका संयोजक विदेशमा रहेकाले तत्कालै स्थायी नियुक्त गर्न सक्ने अवस्था नभएको र कर्मचारी अभावमा कार्यालयको सेवा प्रवाह प्रभावित हुने अवस्था आएपछि सेवा करार निर्देशिका, २०५९ अनुसार योग्यता पुगेका कर्मचारीलाई नियुक्त गरिएको प्रतिक्रिया दिए।

    नियुक्त कर्मचारीले हाजिर भई जिम्मेवारी सम्हालिसकेका छन् । जिल्लास्थित राजनीतिक दलले प्रक्रिया पूरा नगरी कर्मचारी भर्ना गर्दा विकृति मौलाउने भएकाले नियुक्तको बदर गर्न माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij