आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राज्यमन्त्री किसाइको अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट

  • प्रकाशित मिति : बुधबार, भदौ १५, २०७३



  • काठमाडौँ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सवको समारोहमा सहभागी हुन नेपालको औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरासँग आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

    त्यस अवसरमा उनीहरूबीच नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको अर्थ मन्त्रालयका सहसचिव एवम् अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले बताए ।
    किसाइले परराष्ट्रमन्त्री प्रकासशरण महतसँग पनि आज उनकै कार्यकक्षमा शिष्टाचार भेट गरे ।

    त्यस अवसरमा उनीहरूबीच नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । दुवै मन्त्रीले आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा सहकार्य अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मन्त्री महतले संविधान कार्यान्वयन तथा आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप वर्तमान सरकारले काम गर्दै आएको बताउनुभएको थियो भने भूकम्पपछिको पुनःनिर्माण तथा आर्थिक विकासका प्रयासबारे राज्यमन्त्री किसाइले जिज्ञासा राखेको पनि उक्त मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij