शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

साढे ८ करोड बढि राजस्व संकलन

  • प्रकाशित मिति : सोमवार, साउन १७, २०७३



  • रुकुम १७ साउन  । गएको आर्थिक बर्षमा रुकुममा साढे ८ करोड बढि राजस्व संकलन भएको कोष तथा लेखा नियणत्रण कार्यालय रुकुमले जानकारी दिएको छ । यो रकम हाल सम्मकै सबै भन्दा बढि भएको कोष तथा लेखा नियणत्रक कर्ण बहादुर बोहराले जानकारी दिनुभयो । आर्थिक बर्ष २०७२/७३ मा सम्पुर्ण राजश्व गरी जिल्लामा ८ करोड ५३ लाख ४८ हजार २ सय ३१ रुपैयाँ संकलन भएको हो ।

    यो रकम आर्थिक बर्ष २०७१/०७२ भन्दा करिब दुई करोड बढी राजश्व संकलन भएको लेखा नियणत्रक बोहराले जानकारी दिनुभयो । जसमा पारिश्रमिक देखि घरजग्गा रजिष्ट्रेशन, ट्राफिक, कृषि उत्पादन, हुलाक सेवा, राहदानी र अन्य प्रशासनिक सेवा दस्तुर पनि रहेका छन । राजश्व दर सगै अन्य बिभिन्न उत्पादन पनि जिल्लामा बढीरहेका कारण राजश्व पनि बर्षेनी बढदै गएको हो ।

    रुकुममा यस बर्ष सवारीसाधान नियमबिपरित चलाउनेबाट संकलित गरेको ट्राफिक दस्तुर हालसम्मकै बढी हो । कार्यालय अनुसार जिल्ला ट्राफिक कार्यालयले २० लाख बढी राजश्व यसैबाट संकलन गरेको छ । कुल ८ करोड राजश्वमा २ करोड बढी रकम असार महिनामा मात्र संकलन भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij