शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

लक्षितवर्गको बजेट दुरुपयोग

  • प्रकाशित मिति : मङ्लबार, साउन १८, २०७३



  • शिव राज खनाल

    देउखुरी १८ साउन

    लालमटिया गाविसको आर्थिक बर्ष २०७२÷०७३ मा लक्षितबर्ग तर्फको बजेटमा चरम दुरुपयोग भएको पाईएको छ । गाविसले बिनियोजन गरेको लक्षित बर्गको बजेट मध्ये ७ लाख ४७ हजार ३ सय रकम उनीहरुको आयआर्जन तथा क्षमता विकासका लागि खर्च गर्नु पर्नेमा भौतिक पूर्वधार विकास निर्माणमा खर्च गरेको पाईएको हो ।

    लालमटिया गाविसले सोमबार गाविस भवन मसुरियामा आयोजना गरेको आर्थिक बर्ष २०७२÷०७३ को बार्षिक आम्दानी खर्च सार्वजनिक तथा समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा यस्तो पाइएको हो । जसमध्ये सबै भन्दा बढी बालबालिका तर्फको बजेट भौतिक पुर्वधार विकास निर्माणमा खर्च गरिएको छ , त्यसैगरी आदीबासी जनजाति, मधेसीमुस्लिम, पिछिडाबर्ग, जेष्ठ नागरिक र महिला तर्फको बजेट विकास निर्माणमा खर्च भएको गाविसले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । जसमा बालबालिका तर्फ विनियोजन गरिएको ६ लाख ७७ हजार रकम मध्ये ३ लाख २७ हजार रकम विकास निर्माणमा खर्च गरिएको छ भने ३ लाख ५० हजार रकम मात्र बालबालिकाको क्षमता विकास तथा आयआर्जनमा खर्च भएको गाविसले जनाएको छ । जसमा विद्यालयको भौतिक पूर्वधारण निर्माण तथा मर्मतका लागि भन्दै ३ लाख २७ हजार रकम खर्च गरेको गाविसले जनाएको छ, भने ३ लाख ५० हजार बराबरको बालबालिका लक्षित क्षमता विकासमा खर्चको गरेको छ । लालमटिया गाविस बालमैत्री गाविस उन्मुख भए भए पनि यस गाविसमा अहिले सम्म एक दर्जन बढी बालबालिका बालश्रम शोषण शिकार भएका छन्, बाल बिबाह बढ्दो क्रममा रहेको अवस्थामा गाविसले बालबालिकाको बजेट बालमैत्री गाविस बनाउन तर्फ खर्च गर्नुको साटो सडक निर्माण देखि विद्यालयको भवन निर्माण मर्मतमा खर्च गदै आएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी आदीबासी जनजाति, मधेसीमुस्लिम, पिछिडाबर्ग, जेष्ठ नागरिकको कुल ६ लाख ७७ हजार रकम मध्ये ३ लाख ८७ हजार रकम भौतिक पूर्वधार विकास निर्माणमा खर्च गरिएको छ । यी बर्गहरुको क्षमता विकास, आयआर्जनका लागि खर्च गर्नु पर्नेमा सामुदायिक वनको निर्माण, मर्मत, मन्दिर धर्मशाला मर्मत निर्माण, विद्युत बिस्तार, पोल खरिद, बाटो मर्मत जस्ता विकासे योजनामा खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी महिला लक्षित कार्यक्रममा भने ३३ हजार ३ सय कुवा मर्मत बाहेक अन्य सबै रकम महिलाहरुको क्षमता विकास तथा सचेतना कार्यक्रममा खर्च गरिएको छ । महिला लक्षित कार्यक्रममा ४ लाख ५१ हजार ३ सय रकम मध्ये ३३ हजार ३ सय रकम मात्र विकास निर्माणमा खर्च गरिएको गाविसले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

    गाविस सचिव दामोदर पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गाविसले एक बर्षको अबधिमा विभिन्न शिक्षकमा गरी १९ लाख ३८ हजार ४ सय ४२ रुपैयाँ आम्दानी गरेको जनाएको छ । आर्थिक बर्ष २०७२÷०७३ मा गाविसले मालपोतबाट ५ लाख ३४ हजार ९ सय ५१, विज्ञापन करबाट ५३ हजार २५, सिफारिस दस्तुर बाफत ११ लाख ६४ हजार २९, बिल्व शुल्क बाफत ४४ हजार ९ सय ५० जग्गा विकास करबाट ५० हजार, प्राकृतिक स्रोत उपयोग कर बाफत ७९ हजार ८ सय ६२ र अन्य आम्दानी ११ हजार ६ सय २५ रुपैयाँ गरी उक्त आम्दानी गरेको गाविसले जनाएको छ । गाविसको कुल २ करोड २० लाख ६५ हजार ९ सय ६५ रुपैयाँ ६९ पैसाको आम्दानी तथा बजेटमा समाजिक सुरक्षा भत्ता सहित कार्यालय सञ्चालन खर्च तर्फ १ करोड ४० लाख २१ हजार ७ सय ४६ रुपैयाँ ५० पैसा, पूजीगत अर्थात विकास निर्माण तर्फ २३ लाख ७४ हजार ७ सय ० जसमा ठुला भौतिक पुर्वधार विकास निर्माण तर्फ ११ लाख ३ हजार, साना तथा प्रवर्धनात्मक योजना तर्फ ७ लाख ५७ हजार ७ सय खर्च भएको गाविसले जनाएको छ । त्यसैगरी बालबालिका लक्षित कार्यक्रम तर्फ ६ लाख ७२ हजार ३ सय ३१, महिला लक्षित कार्यक्रम तर्फ ४ लाख ५१ हजार ३ सय, कृषि लक्षित कार्यक्रम तर्फ ६ लाख ३७ हजार, आदीबासी जनजाति, मधेसीमुस्लिम, पिछिडाबर्ग, जेष्ठ नागरिक लक्षित कार्यक्रम तर्फ ६ लाख ७१ ह्जार ६ सय ९५ र कन्टन्जेन्सी तर्फ १ लाख ३४ हजार ८ सय ३५ रुपैयाँ खर्च भएको छ भने शान्ति समितीको २१ ह्जार ८ सय रकम अहिले सम्म खर्च हुन नसकेको गाविसले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij