प्रकाशित मिति : मङ्लबार, साउन १८, २०७३
नेपाल सरकारले हुलाक सेवालाई प्रभावकारी बनाउन, आधुनिक प्रविधिको सेवा सुविधा सहज र सुलभ रुपमा नागरिकहरुलाई प्रदान गराउनका लागि टेलिसेन्टरको स्थापना गरेको भएपनि पछिल्लो समय विभिन्न कारणले गर्दा त्यसको प्रभावकारिता घट्दै गईरहेको छ ।
सुलभ मूल्यमा कम्प्युटर सिकाउने, सस्तोमा टाईप, प्रिन्ट, फोटोकपी, स्क्यानिङ गर्ने तथा फोन सेवा उपलब्ध गराउँदै स्थानीय नागरिकलाई आधुनिक सूचना प्रविधिसँग नजिक गराउने उद्देश्यले टेलिसेन्टर स्थापना भएपनि पछिल्लो समय ठाउँठाउँमा खुलेका ईन्स्टिच्यूटले गर्दा सेवाग्राहीहरु हुलाक टेलीसेन्टरमा सेवा लिन नआउने गरेको जिल्ला हुलाक कार्यालय अछामका सहायक कम्प्यूटर अपरेटर नेत्रप्रसाद भाटले बताए ।
भाटका अनुसार जिल्ला हुलाक कार्यालय मंगलसेनमा रहेको टेलिसेन्टर बजार क्षेत्रभन्दा टाढा हुलाक कार्यालय संगै राखिएकोले पनि सेवाग्राही त्यहाँसम्म पुग्न नसकेका हुन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij