आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१८ जना सर्बसाधारणबाट करिब १३ लाख ठगी गरेको अभियोगमा दाङका

  • प्रकाशित मिति : मङ्लबार, साउन १८, २०७३



  • १८ जना सर्बसाधारणबाट करिब १३ लाख ठगी गरेको अभियोगमा दाङका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भारतको एक कम्पनिको नाम लिएर आफु सोही कम्पनीको ऐजेन्ट हुँ भन्दै ठगी गर्ने भगवती शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

    भारतको उक्त कम्पनीमा लगानी गरे लाखौ रुपैयाँ मुनाफा हुन्छ भन्ने जस्ता विभिन्न प्रलोभन देखाई सर्बसाधारणबाट ठूलो धनरासी असुल्दै आएकी घोराही ११ की ४५ बर्षीया भागबती शर्मा आचार्यलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिएका हुन ।

    उनले भारतको उत्तर प्रदेश राज्यको बनारसमा रहेको ध्ष्ल ध्ष्ल त्चबमभ ःबचत एखत। ीतम नाम गरेको गार्मेन्ट सम्बन्धी कामगर्ने नेटवर्किङ कम्पनीको ऐजेन्ट भएको र त्यस्मा लगानी गरे एक लाख रुपैया मुनाफा हुन्छ र मासिक २० हजार तलब हुन्छ भन्दै शर्माले ठगी गर्दै आएको एसपी सिंहले बताए ।

    दाङका बिभिन्न ब्यक्तिबाट शर्माले हालसम्म १२ लाख ७२ हजार ठगी गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको एसपी सिंहले जानकारी दिए । पक्राउ परेकी शर्माका वारेमा थप अनुसन्धान भईरहेको सिंहले बताए । साथै उनले अन्य ब्यक्तिलाई पनि शर्माले ठगी गरेको हुन सक्ने आशंका व्यक्त गरेको छ ।

    प्रहरीले यदी अन्यहरुमाथि पनि यस्तै ठगी भएको भए जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्नपनि सिंहले आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij