शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

दाङ महिला जेसीजको आयोजनामा उच्च मावि स्तरिय वक्तृत्वकला प्रतियोगीता

  • प्रकाशित मिति : बुधबार, साउन १९, २०७३



  •  दाङ महिला जेसीजको आयोजनामा उच्च मावि स्तरिय वक्तृत्वकला प्रतियोगीता आज घोराहीमा सम्पन्न भएको छ । ‘परिवर्तनकालागी महिला’ शीर्षकमा भएको अन्तरक्रीया कार्यक्रममा जिल्लाभरका उच्च माविका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।१७ जना विद्यार्थी प्रतियोगी रहेको प्रतियोगीतामा सिद्धार्थ उच्च मावि घोराहीका छात्रा रिचा बुढाथोकी प्रथम, दिपशीखा उच्च मावि घोराहीका छात्रा प्रतिष्ठा वली द्वितिय र गोर्खा उच्च मावि घोराहीका छात्रा उषा ज्ञवली तृतीय भएक थिए ।

    प्रथम, द्धतिय र तृतीय हुनेहरुलाई क्रमशः २ हजार, १५ सय र १ हजार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । दाङ महिला जेसीजका अध्यक्ष सञ्जीता गौतमको अध्यक्षता एवं जिल्ला शिक्षा अधिकारी रमेश मैनालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी महिलाहरुले समाज परिवर्तनदेखी देशका महत्वपूर्ण आन्दोलनबाट भएका परिवर्तनमा पनि महिलाहरुको महत्वपूर्ण भूमीका भएको भन्दै पशंसा व्यक्त गरेका थिए ।

    कार्यक्रममा दाङ महिला जेसीजका पूर्व अध्यक्षहरु माया पोख्रेल, विमला शर्मा, निर्णायक किशोरचन्द्र गौतम, शिंक्षक संघ दाङका अध्यक्ष अर्जुन योगी, राप्ती शिक्षा क्याम्पसका प्रमुख हुकुमबहादुर बुढाथोकी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका निवर्तमान अध्यक्ष देवकला बस्नेत लगायतले मन्तव्य राखेका थिए । प्रतियोगीताको निर्णायकमा किशोरचन्द्र गौतम, देवा पौडेल र विमला गौतम थिए ।कार्यक्रमकालागी युवा समाजसेवी चिरन केसी, जयन्द्र पौडेल र दिपेन्द्र गिरी ९दिपु०ले सहयोग गरेको थिए ।  सदस्य मंगला रानाले आस्था पाठ गराएका थिए । कार्यक्रमको सहजिकरण महासचिव रेखा शर्माले गरेकी थिईन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij