प्रकाशित मिति : बुधबार, साउन १९, २०७३
तुलसीपुरको राजापुरमा भएको वस दुर्घटनामा परि घाईत भएका मध्ये चारजनालाई थप उपचारकालागि बाँके रेफर गरिएको छ । दुर्घटनामा परि सात जना घाइते भएको भएपनि तीन जना भने राप्ती अञ्चल अस्पतालको उपचारपछि घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ ।तुलसीपुरवाट घोराहीतर्फ जाँदै गरेको ना ४ ख ३१६७ नम्वरको बस तुलसीपुर ४ राजापुरमा अनियन्त्रित भइ विहान सवा १० बजेतिर पल्टिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका घाईते मध्ये तुलसीपुर ६ निवासी २० वर्षीया शर्मिला महतरा, उनका छोरा ३ वर्षीय मनिस महतरा, सोही ठाउँ निवासी २४ वर्षीया सितली खड्का र उनका ३ वर्षीय छोरा सन्देश खड्कालाई राप्ती अञ्चल अस्पताल तुलसीपुरको उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
पैदल हिडिरहेका महतराका आमाछोरालाई वसले ठक्कर दिएर घाईते बनाएको थियो । अत्यधिक गतिका अनिन्त्रित हुनपुगी वस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटना लगतै चालक फरार रहेको पनि प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij