प्रकाशित मिति : बुधबार, साउन १९, २०७३
१८(साउन र आव २०७२र७३ मा रोल्पा जिल्लाका २५ ओटा सरकारी कार्यालयमार्फत ७ करोड ४५ लाख ९० हजार राजस्व सङ्कलन भएको छ । सबैभन्दा बढी कोष तथा लेखा नियन्त्रण कार्यालयबाट राजस्व सङ्कलन भएको छ ।कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका कोष नियन्त्रक शिवराम महतका अनुसार गत वर्ष कोष तथा लेखा नियन्त्रक कार्यालयले सबैभन्दा धेरै ४ करोड ४६ लाख १२ हजार राजस्व सङ्कलन गरेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालयबाट ७२ लाख ९२ हजार, मालपोत कार्यालयबाट ५४ लाख ३ हजार, जिल्ला शिक्षा कार्यालयबाट ४४ लाख ९ हजार, जिल्ला विकास समितिबाट २२ लाख ४९ हजार, जिल्ला अदालतबाट ११ लाख २३ हजार ९ सय ७५, जिल्ला हुलाक कार्यालयबाट १० लाख ९२, जिल्ला वन कार्यालयबाट १० लाख ५९ हजार, र जिल्ला प्रहरी कार्यालयबाट ९ लाख २७ हजार ५८१, राजस्व सङ्कलन भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयले मदिरा अन्तशुल्कबाट र जिल्ला प्रशासनले राहदानी वितरणबाट सबैभन्दा धेरै राजश्व संकलन गरेको कोष नियन्त्रक महतले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij