प्रकाशित मिति : बुधबार, साउन १९, २०७३
शिव राज खनाल देउखुरी ,
१९ साउन
सामाजीक सुरक्षा भत्ता बैक बाट वितरण गर्दा असक्तहरु लाई निकै समस्या हुने गुनासो आई रहेको समयमा पुनः लमही नगरपालीकाले सामाजीक सुरक्षा भत्ता बैंक मार्फत बितरण गर्ने भएको जनाएको छ । नगरपालीका मा धेरै चाप भएका कारण बैंकमा छिटो छरीतो हुने भएकाले पुनः बैंक मार्फत वितरण गर्ने भएको हो । २०७१÷०७२ र २०७२÷०७३ मा सामाजीक सुरक्षा भत्ता पाउनेको संख्यामा पनि बृद्धी भएको छ । पहिले कुल १७ सय व्यक्ती रहेको मा अहीले सो संख्या बढेर १ हजार ८ सय ४५ पुगेको छ । उनिहरुका लागी नगरपालीकाले कार्तिक महीना मा चौमासीक रुप मा सामाजीक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । लमहीको लक्ष्मी बैंक मार्फत वितरण गरीने भएकाले नया दर्ता भएका ले अविलम्ब २ प्रति फोटो र नागरीकता सहीत सम्बन्धीत बैंकमा आउन पनि नगरपालीकाले आग्रह गरेको सुचना अधिकारी हरीराम रावत ले बताउनु भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij