प्रकाशित मिति : बुधबार, साउन १९, २०७३
नारायणपुर, १९ साउन
नेपाली कांग्रेस त्रिपुर नगर समितिले कार्यसमिति सदस्य र सल्लाहकारहरु मनोनयन गरेको छ । कांग्रेसको विधान अनुसार सभापतिले मनोनयन गर्ने प्रावधान अनुसार सदस्यहरुमा मोतिराम विष्ट, बलबहादुर बुढाथोकी, निमु गिरी र पूर्णबहादुर डाँगीलाई मनोनयन गरिएको त्रिपुर नगर सभापति दिपक पाण्डेले जानकारी दिनुभयो । यसैगरि संगठनलाई मजवुत बनाउनकालागी १३ सदस्यीय सल्लाहरकार समिति पनि मनोनयन गरिएको छ । जसमा गोविन्द न्यौपाने, केशव पाण्डे, चित्रबहादुर डाँगी (निर्मल), झग्गुप्रसाद रोका, लक्ष्मी लम्साल, सुभाष न्यौपाने, पदम शर्मा अधिकारी, चन्द्रप्रसाद चौधरी (जलौरा), किरण न्यौपाने, गुमानसिंह बस्नेत, ओपेन्द्र खड्का, चित्रसिंह गन्धर्व र बालाराम खड्कालाई मनोनयन गरिएको सभापति पाण्डेले बताउनुभयो । कांग्रेसको विधान अनुसार कार्यसमिति सदस्यमा सभापतिले ७ जना मनोनयन गर्नुपर्ने भएपनि हालको आवश्यकलाई मध्यनजर गर्दै ४ जना मनोनयन गरिएको उहाँले बताउनुभयो । साथै मनोनितहरुलाई कांग्रेसको निति अनुसार संगठन सुद्धिढिकरणमा लाग्न सभापति पाण्डेले अनुरोध गर्नुभएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij