शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

व्यवस्थापिका संसदमा नयाँ प्रधामन्त्री चयन भएको दिन नेपालको सेयर बजार भने करिव १३ अंकले घटेको

  • प्रकाशित मिति : बुधबार, साउन १९, २०७३



  • काठमाडौ–व्यवस्थापिका संसदमा नयाँ प्रधामन्त्री चयन भएको दिन नेपालको सेयर बजार भने करिव १३ अंकले घटेको छ । तीन दिनदेखि लगातार गिरावट आइरहेको बजारमा आजपनि १२।७५ अंकको गिरावट देखिएको हो ।

    नयाँ राजनीतिक सहकार्यको विकाससँगै गत साता निरन्तर वृद्धि भएको बजार पुन यो साता घट्नेक्रम जारी रहेको हो । नेपाली काँग्रेस सहित मधेशी दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने निश्चित भएको छ । तर, सरकारको समिकरण कसरी हुन्छ भन्ने अन्योलता र त्यसले गर्ने आर्थिक निर्णयको असरकै कारण यसरी बजार घटेको हो ।

    एक सय ३७ कम्पनीका २४ लाख ८३ हजार ९ सय ४६ लाख कित्ता सेयर खरिदविक्रि भएको वुधवार एक अर्ब २७ करोड ९२ लाख ६३ हजार ६ सय १४ रुपैयाँको सेयर कारोवार भएको छ । वुधवार १ हजार ८ सय १३।७२ अंकमा ओर्लिएर अडिएको छ ।

    बैंकिङ समूहको सूचक १३।४८ अंकले घटेको छ भने होटल समूह १०।८९, बिकास बैंक ११।०१, जलविद्युत १७।५८ अंकले घटेको छ । फाइनान्स समूह १०।५५, बीमा समूह ३३।८२, उत्पादन समूह ४१।४ र अन्य समूह ३।७६ अंकले घटेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij