प्रकाशित मिति : बुधबार, साउन १९, २०७३
काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेशी मोर्चा र कांग्रेस–माओवादीबीच भएको सहमति पूरानै सरकारको जीत रहेको जिकिर गरेका छन् । नयाँ प्रधानमन्त्रीका रुपमा प्रचण्ड चयन भएपछि प्रतिक्रिया दिँदै थापाले भने, ‘मधेश केन्द्रीत दलहरु संविधानको परिधिभित्र आउनुभएको छ । यो संविधानको सर्वस्वीकार्यता स्थापित भएको छ ।
उहाँहरुलाई अन्तरबस्तुमा चिक्त बुझेको छैन । राप्रपापालाई पनि बुझेको छैन । वहाँहरुबीच भएको तीन बुँदे सहमति हेरेँ । प्राविधिक विषय बाहेक अरु कुनै नयाँ कुरा छैन । यो ओली सरकारको विजय हो ।’
उनले बहुमतका साथ प्रचण्ड निर्वाचित भएकोमा बधाइ समेत दिए । उनले भने, ‘चुनौतिपूर्ण घडी र कठिन पृष्ठभूमिमा प्रधानमन्त्रीको जिम्मा लिनुभएको छ । म कार्यकालको सफलताको कामना गर्दछु ।
संविधानको कार्यन्वयन, भूकम्पपछिको पुनः निर्माण र आर्थिक विकासमा सरकारले काम गरोस् ।’
उनले राप्रपा नेपाल जिम्मेवार र रचनात्मक प्रतिपक्षमा सरकारमा रहनेर गुण र दोषका आधारमा हाम्रो भूमिका रहने जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij