प्रकाशित मिति : बुधबार, साउन १९, २०७३
१९(साउन र नेपाली काँग्रेस सल्यानको उप सभापतीमा निम बहादुर वली मनोनित हुनु भएको छ । नेपाली काँग्रेस सल्यानका सभापती गणेश चन्दले उनलाई उपसभापतिमा मनोनित गरेका हुन । आज काँग्रेस पार्टी कार्यालयमा पत्रकार भेटघाटको आयोजना गरी सो जानकारी दिईएको हो ।
सभापती चन्दले अन्य चार जनालाई पनि सदस्यमा मनोनित गरेका छन । मनोनित हुनेहरुमा धन बहादुर हमाल, नेत्र बहादुर डाँगी, दोर्ण बहादुर जैसी र शिब शर्मा रहेका छन । नेपाली काँग्रेस सल्यानको १३ औँ जिल्ला अधिबेशनमा निर्बा्चित ब्यक्तिहरुलाई सभापतिले उपसभापती , सदस्य लगाएतका पदमा मनोनयन गर्न पाउने अधिकार रहेको थियो ।
सोही अनुसार ती ब्यक्तिहरुलाई मनोनित गरेको बताईएको छ । सबैको चाहाना ईच्छा लाई पुरा गर्न सक्ने र पार्टीमा लामो समय सम्म सक्रिय पूर्वक ढंगले लागेको हुनाले ती ब्यक्तिहरुलाई उपसभापती र सदस्यमा मनोनित गरेको सभापती चन्दले बताए । चन्दले आगामी दिनहरुमा सबैसंग सहमती र सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनले चुनाबमा पराजित पक्ष र आफुलाइ सहयोग गर्ने सहयोगी पक्षलाई संगसंगै साथमा लिने उद्देश्यले बाँकी सचिब लगाएतका अन्य पदपूर्ती गर्न नसकेको बताए । अब देश बनाउने जिम्बेवारी काँग्रेसको काँधमा आएको बताउदैँ उनले पार्टी सुदृढीकरण र स्थानिय निर्बाचनको तयारीमा लाग्न आफ्ना नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij