प्रकाशित मिति : बुधबार, साउन १९, २०७३
१९( साउन र पुरन्धाराका महिलाहरुलाई एक महिनासम्मका लागी ७४ जना महिलाहरुलाई कडाई कथा बुटिक तालिम सुरु भएको छ । महिला सञ्जाल पुरन्धाराको आयोजना तथा पुरन्धारा गाविसको सहयोगमा तालिम आज बुधबारबाट सुरु भएको हो ।महिला सञ्जालका अध्यक्ष अञ्जु घर्तीको अध्यक्षता तथा पुरन्धारा गाविस सचिव यामबहादुर केसीको प्रमुख आतिथ्यता एवं महिला सञ्जालका सल्लाहकार समितिका संयोजक शारदा शाहको विशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो ।
तालिम उद्घाटन समारोहमा नेपाली काँग्रेसका उपसभापति पिमलाल केसी, नेकपा एमालेका पुर्व अध्यक्ष टंकराज विक, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य देवबहादुर विक, नेपाल मजदुर किसान पार्टीका नन्दलाल बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीका पुरन्धारा अध्यक्ष बालिराम वली, बाघमारे सहकारी सस्थाका अध्यक्ष चुडामणी कडेल, वडा नागरिक मञ्चका संयोजक खड्गबहादुर खत्री लगायतकाले बोलेका थिए ।सञ्जालकी उपाध्यक्ष दिपा केसीको स्वागत मन्तब्यबाट सुरु भएको तालिमको सहजीकरण सचिव सुमित्रा रानाले गरेका थिए । त्यस अवसरमा बोल्दै गाविस सचिव यामबहादुर केसीले तालिममा सिकेका विषयलाई ब्यबहारमा लागु गर्न पनि आग्रह गरेका थिए ।
तालिममा गाविसका प्रत्येक वडाबाट ५स्५ जना प्रतिनीधि, महिला सञ्जालका पदाधिकारी, सल्लाहाकार गरी ७४ जनाको सहभागीता रहने सञ्जालले जनाएको छ । तालिमको प्रशिक्षक कमला श्रेष्ठ थिइन।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij