शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

पहिरोको भेल कक्षाकोठाभित्रै पसेपछि सल्यान दमाचौरको जनता निम्न माध्यामिक विद्यालयमा

  • प्रकाशित मिति : बुधबार, साउन १९, २०७३



  • १९( साउन र पहिरोको भेल कक्षाकोठाभित्रै पसेपछि सल्यान दमाचौरको जनता निम्न माध्यामिक विद्यालयमा पठनपाठनमा समस्या आएको छ ।गाविसको वडा नम्बर ९ बुँरासेमा रहेको जनता निमाविको माथीबाट झरेको पहिरोले असर गरेको हो ।दुइठाउँ माथीबाट झरेको पहिरोको भेल प्रांगण तथा कक्षा कोठाभित्रै पसेकोले भित्रवाहिर गर्न समेत अफ्ठेरो भएको विद्यालयले जनाएको छ ।विद्यालय प्रशाशनले यसबारेमा जिल्ला शिक्षा कार्यालयलाइ तथा अभिभावकहरुलाइ पनि जानकारि गराइसकेको छ ।
    तर विद्यालयभित्रै पसेको पहिरो पन्छाउने पहल कतैबाट नभएको शिक्षकहरुले बताएका छन् ।विक्रम संवत् २०४२ सालमा स्थापना भएको जनता निमाविको भवन अहिले जिर्ण बन्दै गएको छ । र यसले गर्दा विद्यार्थीको पढाइमा असर पुगेको छ ।
    पहिरोले घर पु¥यो

    यसैविच केहि दिन पहिले परेको अविरल वर्षाले सल्यानका विभिन्न ठाउँमा क्षती र असर गरेको छ । गत साउन १५ को पहिरोले जिल्लाको ढाँकाडाम गाविस वडा नम्बर १ ढोलढुंगामा पुर्ण बहादुर खड्काको घर पुरिएको खबर छ ।
    माथीबाट झरेको पहिरोले घर पुर्दा लत्ताकपडा, खाद्यान्न र केहि नगद रुपैया समेत गरेर आफ्नो ४ लाख बराबरको क्षती भएको खड्काले जनाए ।उनको परिवार अहिले अर्को पुरानो पुख्र्यौली घरमा बसिरहेको त्यहाँबाट अतीराम ओलिले जानकारि दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij