प्रकाशित मिति : बुधबार, साउन १९, २०७३
१९( साउनर सम्पत्ती माथी दम्पतीको समान अधिकार अन्तरगत दाङमा अहिले सम्म एक सय ३० दम्पतीले संयुक्त लालपूर्जा बनाएका छन् । बुधबार घोराहीमा आयोजित भुमिमा महिला अधिकारको शुनिश्चितताको लागि संयुक्त लालपूर्जा विषय सम्बाद कार्यक्रममा दाङमा अहिले सम्म एक सय ३० दम्पतीले सम्पत्तीमा संयुक्त लालपूर्जा बनाएको जानकारी दिइएको हो ।
देशैभरी गरी ३७ जिल्लामा ४ हजार एक सय ४२ जना दम्पतीले एक हजार ४ सय ५ हेक्टर जमिनमा संयुक्त लालपूर्जा बनाएको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका अभियान अधिकृत सुभराज चौधरीले जानकारी दिए ।
एकल नाममा हुदै आएको लालपूर्जा श्रीमान श्रीमति दुबैको नाममा सम्पत्ती हुने भएपछि अपनत्वमा समानता आएको कार्यक्रममा सुनिता चौधरीले बताईन । श्रीमान श्रीमतिको नाममा सम्पत्ती भएपछि सरसल्लाह हुने र संरक्षणमा पनि राम्रो भएको चौधरीले बताईन ।
जिल्ला भुमि अधिकार मञ्च दाङ सहित बिभिन्न १५ वटा गैरसरकारी संस्थाहरुको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले लैंगिक समानतामा पनि संयुक्त लालपूर्जाले महत्वपूर्ण भुमिका खेलेको बताए । मञ्चका अध्यक्ष निर्मला बिकको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले संयुक्त लालपूर्जा हुनुमा राम्रो भएको बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij