शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

गाउँको तल र माथि दुवैतिरबाट पहिरो आएपछि जोखिममा रहेको उत्तरी गोरखाको केरौँजा गाविसमा पहिरोको

  • प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३



  • गोरखा– गाउँको तल र माथि दुवैतिरबाट पहिरो आएपछि जोखिममा रहेको उत्तरी गोरखाको केरौँजा गाविसमा पहिरोको पूर्वसूचना दिने यन्त्र जडान गरिएको छ ।

    हालै गएको पहिरोमा परी तीनजनाको मृत्यु भएपछि पहिरोबाट थप मानवीय तथा भौतिक क्षति नहोस् भन्नका लागि सूचना दिने यन्त्र साइरन जडान गरिएको केरौँजा माविका शिक्षक सञ्जय ढकालले जानकारी दिए ।

    नुवाकोट जिल्लाको मदानपुर गाविसका युवा वैज्ञानिक दाजुभाइ राम र लक्ष्मण रिमालले निर्माण गरेको प्रविधि साइरन महावीर पुनको आग्रहमा केरौँजाको मुख्य बस्तीमा जडान गरिएको हो । गाउँमा सो प्रविधि जडान गरेपछि ४२५ टहरोमा बस्दै आएका भूकम्पपीडित खुसी भएका छन् ।

    पहिरो जानसक्ने जोखिमयुक्त ठाउँमा जमिनको भित्री सूक्ष्म कम्पन थाहा पाउने सेन्सर राखिएको र जमिनमा कम्पन हुने बित्तिकै गाउँमा राखिएको तारले जोडिएको साइरन बज्ने व्यवस्था मिलाइएको छ । यो यन्त्रले पहिरो जानु २४ घन्टापूर्व नै जानकारी दिने बताइएको छ । सो यन्त्र साइरन टेक्नोलोजी सेल्स प्रालिले निर्माण गरेको हो ।

    पहिरोको उच्च जोखिममा केरौँजा रहेको सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रकाशित भएपछि साइरन राखिएको हो । म्यागासेसे पुरस्कार विजेता पुनको राष्ट्रिय आविष्कार केन्द्रले साइरन राख्न आग्रह गरेपछि केरौँजा पुगेर मङ्गलबार साइरन जोडिएको लक्ष्मणले बताए ।

    साइरन जडानका लागि करिब रु दुई लाख खर्च भएको छ । पहिरोलगायत अन्य प्राकृतिक प्रकोपका बेला गाउँलेलाई सुरक्षित ठाउँमा सार्न साइरन बजाउन मिल्ने भएकाले गण्यमान्य चारजनालाई रिमोट कन्ट्रोल दिइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij