प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३
जेपी थुलुङ, सोलुखुम्बु । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा सगरमाथा क्षेत्र भ्रमणमा आउने पर्यटकको संख्यामा कमी आएको छ ।
गत आर्थिक बर्ष बिभिन्न देशका २६ हजार ८ सय १३ जना पर्यटक खुम्बु क्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्धार जोरसल्लेले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको प्रवेशद्धार जोरसल्लेको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७२÷७३ मा सबैभन्दा बढी अमेरिकाबाट ३ हजार १ सय ९२ जना, अष्ट्रेलियाबाट २ हजार ७ सय २७ जना, बेलायतबाट २ हजार ५ सय ६ जना, जर्मनीबाट २ हजार ७७ जना, जापानबाट १ हजार २ सय ४३ जना र फ्रान्सबाट १ हजार २ सय २ जना पर्यटक भ्रमणका लागि सगरमाथा क्षेत्र पुगेका थिए ।
त्यस्तै आर्थिक वर्ष ०६४÷६५ मा २७ हजार ४ सय ७५ जना, आव ०६५÷६६ मा २९ हजार २ सय ७९ जना, आव ०६६÷६७ मा ३१ हजार १ सय २६ जना, आव ०६७÷६८ मा ३३ हजार ३ सय ९० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका थिए । त्यस्तै आव ०६८÷६९ मा ३५ हजार ५ सय ३१ जना, आव ०६९÷७० मा ३६ हजार ६ सय ५० जना , आव ०७०÷७१ मा ३५ हजार १ सय ७१ जना र आव ०७१÷७२ मा ३४ हजार ४ सय १२ जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
आठ वर्षको तथ्याङ्कलाई हेर्दा सबैभन्दा धेरै आर्थिक वर्ष ०६९÷७० मा सबैभन्दा ३६ हजार ६ सय ५० जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेको छ ।
त्यस्तै गत आर्थिक बर्ष सगरमाथा राष्ट्रिय निकुञ्जले ६ करोड ७१ लाख ९५ हजार २ सय ५५ रुपैंया ९३ पैसा राजस्व संकलन गरेको छ । निकुञ्नको कार्यालयले पर्यटक प्रबेश शुल्क, पर्यटकिय भरिया शुल्क, काठ, मालिङ्गो, ढुङ्गा तथा वालुवा पुर्जि, निकुञ्ज क्षेत्रमा हेलिकोप्टर अवतरण, प्याराग्लाईडिङ, दण्डजरिवाना र अन्य बिबिध शुल्क अन्र्तगत राजस्व संकलन गरेको हो ।
कार्यालयका अनुसार गत आर्थिक बर्षमा पर्यटकको संख्यामा कमी आउनु २०७२ सालको महाभुकम्प, भारतिय नाकाबन्दी, राजनीतिक अस्थिरता नै प्रमुख देखिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij