शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

७१.१ प्रतिशत मुद्धा फछ्र्याैट

  • प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु । जिल्ला अदालत सोलुखुम्बुबाट गत आर्थिक बर्षमा ७१ दशमलव १ प्रतिशत मुद्धा फछ्र्याैट भएको छ । गत आर्थिक बर्ष जिल्ला अदालत सोलुुखुम्बुमा दर्ता भएका तथा अघिल्लो बर्षका बाँकी समेत गरी १ सय १४ वटा मुद्धा मध्ये ८१ वटा मुद्धा फछ्र्यौट भएको जिल्ला अदालत सोलुखुम्बुको तथ्याङक रहेकोछ । ३३ वटा मुद्धा फछ्र्यौट हुन बाँकी रहेका छन् ।

    अघिल्लो बर्ष अर्थात आर्थिक बर्ष २०६९-७० मा जिल्ला अदालत सोलुुखम्बुले कुल १ सय २४ वटा मुद्धा मध्ये ७९ प्रतिशत अर्थात ९८ वटा मुद्धा फछ्र्यौट गरेको थियो ।

    आर्थिक बर्ष २०७०-७१ मा भने संबिधान सभाको निर्बाचन परेको र माननिय जिल्ला न्यायधिस लगाएत अदालतका कर्मचारीहरु निर्बाचनमा व्यस्त रहेकोले मुद्धा फछ्र्यौटको संख्या कम भएको अदालतले जनाएकोछ ।

    तै पनि आर्थिक बर्षको अन्त्यतिर मुद्धा फैसलाको क्रम निकै तिब्र बनेको थियो । जिल्ला अदालतको तथ्याङ्क अनुसार गत अर्थिक बर्ष जिल्ला अदालतमा आएका लेनदेनका ६ वटा मुद्धामध्ये ४ वटाको फछ्र्यौट भएकोछ ।

    त्यस्तै जग्गा सम्बन्धि ९ मध्ये ६ वटा तथा पारिवारिक २४ वटा मुद्धा मध्ये १७ वटा फछ्र्यौट गरिएका छन् । त्यस्तै करणीको ६ मध्ये ५, चोरीको ४ मा ४ सबै, ज्या सम्बन्धि ९ मध्ये ६ वटा मुद्धा फछ्र्यौट गरिएका छन् ।

    त्यसैगरी कुटपिटका ४ मध्ये २, करकापका ४ मध्ये सबै, गालि बेईजेतीका १५ वटा मुद्धा मध्ये १३, गोवध १ मा १, लुटपिट ६ मा ४ र जालसाजी ८ मा ३ वटा मुद्धाको फछ्र्यौट गरिएकोछ ।

    त्यस्तै अपहरण तथा शरिर बन्धक १ मा १, ठगी १ मा १, बन सम्बन्धि २ मा २ वटै, झुटा बकपत्र २ मध्ये १ र बिबिधमा १२ मध्ये ७ वटा मुद्धा फछ्र्यौट गरिएका छन् ।

    गत आर्थिक बर्ष जिल्ला अदालतमा रहेका मुद्धामध्ये सर्बस्व सहित जन्मकैद सजाय हुने मुद्धा ३ वटा, जन्मकैद सजाय हुने मुद्धा ३ वटा र १० बर्ष कैद र १ लाख जरिवाना तथा दुबै सजाय हुने मुद्धा ६ वटा रहेका थिए ।

    त्यस्तै बिगोतर्फ २० हजार भन्दा माथी बिगो भराउनुपर्ने मुद्धा १४ वटा रहेको पनि जिल्ला अदालत सोलुखुम्बुको तथ्याङक रहेकोछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij