प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गृह मन्त्रालय नपाएपछि सभापति शेरबहादुर देउवालाई आफू मन्त्री नबन्ने खबर पठाएका छन्।
मन्त्रिमण्डलमा केसीलाई स्वास्थ्य र रक्षा मन्त्रालयमध्ये एक छान्न देउवाले भनेका थिए। केसीले मन्त्रिमण्डलमा कांग्रेसको नेतृत्व गरेर गएका बिमलेन्द्र निधिभन्दा आफू वरिष्ठ भएकाले कि त आफ्नो नेतृत्वमा कांग्रेस सरकारमा जानुपर्ने नभए आफूले गृहमन्त्रालय पाउनुपर्ने अडान लिएका थिए।
देउवाले निधिलाई गृह मन्त्रीको रूपमा चयन गरेकाले केसीलाई गृहमन्त्री बनाउन नसक्ने जानकारी केसीलाई दिएका थिए।
लामो समयसम्म कांग्रेसभित्र कोइराला खेमामा रहेका केसी गत महाधिवेशनमा मात्रै संस्थापन पक्ष छोडेर देउवासँग मिल्न आएका थिए।
महाधिवेशनमा देउवा सभापति र केसी महामन्त्रीका रूपमा चुनाव लडेका थिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij