शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

कुखुरा बोकेको गाडी दुर्घटना, लाखौंको क्षति

  • प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३



  • राजविराज । पूर्व पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको सितापुरमा विहीबार विहान कुखुरा बोकेको गाडी दुर्घटना हुँदा एक जना घाइते हुनुका साथै दुई लाख बराबरको क्षति भएको छ ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना२च ७६३४ नम्वरको गाडी सितापुर–३ स्थित अनियन्त्रित भई दुर्घटना भएको हो ।

    दुर्घटनामा परि गाडीको स्टाफ झापा जलथल–९ का ४० वर्षीय फुर्वा तामाङ घाइते भएका छन् भने ५ सय थान कुखुरा मरेर नष्ट भएको गाडीको सह–चालक धन बहादुर नेम्माङले जानकारी दिएका छन् ।

    घाईते तमाङको कञ्चनरुपस्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ । ईलाका प्रहरी कार्यालय महुलीका इन्चार्ज प्रहरी नायब निरीक्षक सुमन न्यौपानेका अनुसार दुर्घटनामा परेको गाडी र चालक ईलाका प्रहरी कार्यालय महुलीको नियन्त्रणमा रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij