शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आइतबारदेखि काठमाडाँैमा सुरु हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ११आँै राष्ट्रिय महाधिवेशनमा

  • प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३



  • काठमाडौँ – आइतबारदेखि काठमाडाँैमा सुरु हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ११आँै राष्ट्रिय महाधिवेशनमा १६ जना अध्यक्षका आकाङ्क्षी देखिएका छन् ।

    नौ वर्षपछि हुन थालेको नेविसङ्घको महाधिवेशनमा नयाँ नेतृत्वका लागि नैनसिंह महर, मनोजमणि आचार्य, कुन्दनराज काफ्ले, दीपक भट्टराई र जितजङ्ग बस्नेतले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । यसैगरी सरोज थापा, नीलकण्ठ रिजाल, विनिता अधिकारी, आनन्दराज त्रिपाठी, शुभराम बस्नेत, रत्न कार्की, राजीव ढुङ्गाना, क्षितिज भण्डारी, लक्ष्मण आचार्य, अमृत पन्थी र दीपक भण्डारी पनि आकाङ्क्षी देखिएका छन् ।

    नेविसङ्घका प्रवक्ता युपी लामिछानेले धेरै वर्ष महाधिवेशन र स्ववियु निर्वाचन नभएका कारणले अध्यक्षको आकाङ्क्षी धेरै देखिएको बताए । विसं २०६४ यता नेविसङ्घको महाधिवेशन हुन सकेको छैन । छ महिनाभित्र २०६८ साल फागुनमा महाधिवेशन गराउन जिम्मा पाउनुभएका अध्यक्ष रञ्जित कर्णले पटक पटक महाधिवेशन गराउन खोज्दा असफल भएका थिए ।

    यही साउन २३ देखि २५ गतेसम्म भृकुटीमण्डपमहुने महाधिवेशनले १६१ कार्यसमिति चयन गर्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij