शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा पशुबलि जस्तो क्रुर व्यवहार रोक्नका

  • प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३



  • काठमाडौँ – सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा पशुबलि जस्तो क्रुर व्यवहार रोक्नका लागि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने क्रुर व्यवहार रोक्नका लागि उचित काम गर्न निर्देशनात्मक आदेश दिएका अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

    आदेशमा भनिएको छ, “जनतालाई त्यो ठीक होइन भन्ने जनचेतना जगाउनुप¥यो, जनता आफैँले आचारसंहिता तयार गरी लागू गर्ने वातावरण सरकारले बनाउनुप¥यो ।”

    वातावरणीय दृष्टिकोणले समेत बलि दिनु उचित नभएको हुँदा सरकारले त्यसलाई रोक्नका लागि समिति गठन गर्न निर्देशन दिइसकेको छ ।

    पशुबलि क्रुरताको रुप भएकाले त्यसलाई रोक्न आदेशको माग गर्दै अधिवक्ता अर्जुनकुमार अर्यालले २०७१ मङ्सिर ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गढीमाई मन्दिर व्यवस्थापन समितिलाई विपक्षी बनाई रिट निवेदन दायर गरेको थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij