प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३
श्रावण २०, २०७३( पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले भूकम्पपीडितलाई घर बनाउन ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने र बाढीपहिरो पीडितलाई राहत दिनेलगायत निर्णय गरेको छ ।
मन्त्रिपरिषदले सशस्त्र द्वन्द्वका क्रममा मारिएका व्यक्तिका परिवार, द्वन्द्वपीडित र वेपत्ता व्यक्तिका परिवारलाई २र२ लाख रुपैया दिने भनी यसअघि भएको निर्णयलाई कार्यान्वयन गर्ने र बाढी पहिरोमा परी मरेका व्यक्तिका परिवारलाई एक लाखका दरले राहत दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री दाहालले भूकम्पपीडितलाई अनुदानको पहिलो किस्ता ४५ दिनभित्र उपलब्ध गराउनेसहित ४ बुँदे निर्देशनमा हस्ताक्षर गरेर कार्यप्रारम्भ गरका थिए । त्यसको पहिलो बुँदामा गरिब घरपरिबार पहिचान गरी सम्वृद्धिको कार्यक्रम ल्याउने उल्लेख छ । दोस्रोमा भूकम्पपीडितलाई राहत र पुननिर्माणबारे उल्लेख छ ।
त्यस्तै, देशभरका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा ३ महिनाभित्र चिकित्सक पठाइसक्ने र मुलुकभरका दलित र कणरलीका नवजात शिशुको जन्मदर्ताका लागि म्यादभित्र आउने परिवारलाई प्रोत्साहन स्वरुप एक हजार रुपैया उपलब्ध गराउने त्यसमा उल्लेख छ ।
प्रवक्तामा महरा
बैठकले तत्काललाई सरकारको प्रवक्ता उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई तोकेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij