शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

राम्रो गर्न सक्छौँ भन्नेतिर लाग्नुपर्छ रु आफू सम्मानित हुने काम गरौँ

  • प्रकाशित मिति : शुक्रबार, साउन २१, २०७३



  • हामी अर्काले के गर्यो भनेर टीकाटिप्पणी गर्नुभन्दा पनि के र कसरी राम्रो गर्न सक्छौँ भन्नेतिर लाग्नुपर्छ रु आफू सम्मानित हुने काम गरौँ । हामी सत्य बोलौँ, दूरदृष्टि राखौँ, ईष्र्या, डाहा र घमण्ड त्यागौँ । रिस हाम्रो ठूलो सत्रु हो ।

    लाग्छ समयको रफ्तार हेर्दा जिन्दगी अति छोटो छ । बाँचिन्छ कहिलेसम्म त्यो पनि थाहा छैन । हाम्रो कुन दिन, कुन रात अन्तिम हो, बोलेका कुन शब्द अन्तिम हुन्छ । त्यो पनि था छैन, यो पहिले नै निर्धारण भइसकेको छ ।

    तसर्थ अभियन्ता मित्रहरू सम्भव हुन्छ भने हामीले बोलेको बोली नै दर्शन बनोस् र युगयुगान्तर जीवित रहोस् । सम्झन र मननयोग्य रहोस ।

    सहीलाई सही र गलतलाई गलत भन्न सक्ने हामीले हिम्मत गर्यौँ भने अवश्य हामी नयाँ बन्न सक्छौँ । हामीले बोल्दा र लेख्दा यस्तो जनमानसले र सत्रुले पनि प्रशंसा गरोस् । चाप्लुसी गरीमाथि पुग्ने प्रणाली बसेकाले कालोलाई जबर्जस्ती सेतो भन्न लगाइन्छ । हामी बोलेका कुरालाई व्यवहारमा उतारेर सबैको अगाडि छर्लङ्ग देखाउन सक्नुपर्छ अनि मात्र हामी नयाँ हुन्छौँ ।

    कुरा मात्र गर्ने त पुराना छँदैछन् । आउनुहोस हामी उद्देश्य प्राप्तितिर हाम्रा कदम चलाउनुपर्छ । अग्रज बुद्धिजीवी, अभियन्ता मित्रहरु हुनुहुन्छ । तपाईंहरू योजना ल्याउनुस, नियम बनाउनोस् । नियममा बाँधिएर सहभागी बनौँ । के कस्तो कामका लागि लगानी गर्नुपर्ने हो, लगानी गरौं । सक्रिय भएर काम गरौँ । हाम्रै समयमा दुनियाँ बदल्न सकिन्छ । हामी पनि दुनियाँलाई चमत्कार देखाउन सक्छौँ ।

    परदेश बसाइमा आफ्ना साह्रागाह्रालाई सामना गरिरहँदा जीवनको सुख र दुःखको दोभानमा आफूलाई निरन्तर श्रमजीवी यात्रामा समाहित गरिरहँदा समाज र राष्ट्रको उत्थानप्रति एउटा सचेत नागरिकले निभाउनुपर्ने भूमिकाको आभास हुँदो रहेछ । हामी प्रवासीहरु सुखी जीवनको कल्पनामा सभ्यताको धरोहर पुण्यभूमिलाई बिरानो बनाएर प्रवासलाई जीवनको गन्तव्यसँग साइनो गासिरहेका छौं । यो हाम्रो रोजाइ भने पटक्कै होइन । तथापि यथार्थ जीवन यात्राको कटु सत्यलाई हामी स्वीकार गरिरहेका छौँ ।

    जसरी एउटा नागरिकको देशका लागि जति ठूलो स्नेह र त्याग रहन्छ, उसले आफ्नो हकहित र सुरक्षाको अपेक्षा गर्नु स्वभाविक पनि हुन्छ । तर देशमा व्याप्त अस्थिर राजनीति व्यवस्था नै समग्र राष्ट्र निर्माणको जटिल पर्खाल बनेको छ ।

    मुलुकमा जबसम्म राजनीतिक स्थिरता कायम हुन सक्दैन तबसम्म मुलुकले समृद्धिको यात्रामा गति पाउन सक्दैन । देशमा स्पष्ट र पारदर्शी राजनीतिक अवधारणाको विकास आवश्यक छ । वैकल्पिक राजनीतिक धारका रुपमा उदाएको नयाँशक्ति नेपाल पूर्ण जिम्मेवार भएर विशिष्ट बौद्धिक समुदायसँग प्रत्यक्ष संवाद गर्दै आएको छ ।

    यसले सर्वसाधारण जनताको जीवनस्तर उकास्ने अठोट र प्रतिज्ञामा तल्लीन रहने प्रतिबद्धता जनाएको छ । पटक पटक सत्ता र सरकारको नेतृत्व गर्नेको लापरबाही र आडम्बरको सिकार बनेर अब राष्ट्र गुज्रन सक्दैन । अबको निकास आर्थिक विकास भन्ने मूल नाराको व्यावाहारिक प्रयोजनमा जोड दिन तपाईं हाम्रो सक्रिय सहभागिता चाहिन्छ ।

    त्यसैले मेरो सबै अभियन्तालाई अनुशासित र लगनशील भएर आफ्नो बचेको समयलाई मन, वचन र कर्मले अगाडि बढ्न आह्वान गर्दछु । यो यात्रामा फुटेर होइन जुटेर, हाम्रो होइन राम्रो बनेर अगाडि बढौँ । समृद्धिको यात्राले हामीलाई स्वदेशमा अवसरहरुको सृजना हुने छ र प्रवासको बसाईबाट बिस्तारै स्वदेशको सुखमय यात्रा सुरु हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij