प्रकाशित मिति : शुक्रबार, साउन २१, २०७३
काठमाडौं – मधेस आन्दोलनको मुद्दालाई सम्बोधन गर्ने विषयलाई मुख्य प्राथमिकतामा राखेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ता शुरु गरेको छ । प्रधानमन्त्रीको पद बाहाली गरेको दोस्रो दिन प्रधानमन्त्री प्रचण्डले गठबन्धनबाट संसद्मा प्रतिनिधित्व गर्ने मोर्चाका शीर्ष नेताहरुलाई बोलाएर छलफल शुरु गरेका हुन् ।
संघीय गठबन्धनबाट संसद्मा प्रतिनिधित्व गर्ने ९ वटा दलहरु रहेका छन् । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा जारी रहेको प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिए । सरकार गठनका क्रममा संयुक्त लोकतान्त्रिक मोर्चासँग ३ बुँदे सहमति भएको थियो । त्यही सहमतिअनुसार आजको छलफल भएको हो ।
बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुको सहभागिता रहेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij