शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड आज दिउँसो बालुवाटार

  • प्रकाशित मिति : शुक्रबार, साउन २१, २०७३



  • काठमाडौं–नवनिर्वाचित प्रधानमन्त्री प्रचण्ड आज दिउँसो बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयले जनाए अनुसार दिउसो तीन देखि चार बजेको वीचमा लाजिम्पाटबाट सरकार निवास बालुवाटार सर्न थालेका हुन् ।

    प्रचण्डले हिजो मात्र सपथ लिएका थिए । उनी साउन १९ गते संसदमा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

    त्यसैवीच प्रधानमन्त्री ‘प्रचण्डले जोखबहादुर महरा र रमेश मल्ललाई आफ्नो स्वकीय सचिव नियुक्त गरेका छन् । महरालाई प्रमुख स्वकीय सचिव र मल्ललाई स्वकीय सचिवको जिम्मेवारी दिइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    रोल्पा निवासी महरा यसअघि पनि प्रचण्डको स्वकीय सचिवका रुपमा कार्यरत थिए । महरा माओवादी केन्द्रका सचिवालय सदस्य हुन् । मल्ल अखिल क्रान्तिकारीका निवर्तमान संयोजक हुन् । मल्लले गत साता मात्रै करिब दुई दशक लामो विद्यार्थी राजनीतिबाट बिदा लिएका थिए ।सल्यान निवासी मल्ल नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य हुन् । मल्लले बाबुराम भट्टराई नेतृत्वको सरकारमा दीनानाथ शर्मा शिक्षामन्त्री हुँदा स्वकीय सचिवका रुपमा काम गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij