आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पत्रकार अर्जुन महराको श्रद्धाञ्जली सभा

  • प्रकाशित मिति : आइतवार, साउन २३, २०७३



  • देउखुरी २३ साउन । रेडियोकर्मी, पत्रकार अर्जुन महराको श्रद्धाञ्जली सभा कार्यक्रम आज महराको निवास लमहीमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यको अध्यक्षता एवम् प्रेस सेनानी तथा महासंघका पुर्व अध्यक्ष सुशिल गौतमको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्ने वक्ताहरुले पत्रकार महराले सञ्चार जगतमा पु¥याएको योगदानको चर्चा गर्दै एक असल, इमान्दार र कर्मठ पत्रकार गुमाएकोमा दुख प्रकट गरेका थिए । सभामा रेडियो हाईवेका प्रबन्ध निर्देशक के.पी घिमिरे, रेडियो मध्यपश्चिम एफ.एमका अध्यक्ष माधव प्रसाद शर्मा लगायतका वक्ताहरुले शोक मन्तव्य व्यक्त गर्नु भएको थियो । साथै सभामा पछिल्लो पटक महासंघमा संकलन भएको रु ३३ हजार ६ सय ५ रुपैयाँ मृतक महराको परिवारलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव डिल्ली मल्लले गर्नु भएको थियो । लामो समय देखि ब्लड क्यान्सर र निमोनियाबाट ग्रसित पत्रकार महराको साउन १६ गते उपचारकै क्रममा काठमाण्डौमै निधन भएको थियो । महराको उपचारको लागि नेपाल पत्रकार महासंघ, रेडियो हाईवे, देउखुरी कृषि बहुउद्देश्य सहकारी संस्था, विभिन्न संघ संस्था र व्यक्तिहरुबाट गरि करिव २ लाख बराबरको रकम सहयोग प्राप्त भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij