प्रकाशित मिति : सोमवार, साउन २४, २०७३
देउखुरीको प्रमुख व्यापारी केन्द्र लमही बजारमा चार्ड पर्व नजिकीदै गर्दा उपभोग्य सामाग्रीहरुमा फरक फरक मुल्य रहेको पाईएको छ । प्रत्यक सामानमा ५ देखी १० प्रतिशत मुल्य बृद्धी भएको पाईएको छ । मुल्य समान हुनु पर्नेमा मुल्यमा एकरुपता नहुदा उपभोक्ताहरु बढी मर्कामा परेका छन । ढुवानी खर्च महंगो भएका भन्दै व्यापारीहरुले मुल्य बढाएका हुन । सम्बन्धीत निकायले अनुगमनको पाटो लाई निरन्तरता नदीदा व्यापारीहरले मनोमानी गरेको नाम नबताउने सर्तमा एक उपभोक्ताले बताउनु भयो । सबै थोकको मुल्य बृद्धी भैरहेको समयमा तेलको मुल्य भने क्रमीकरुपमा घट्दै गैरहेको ब्यापारीहरुले बताएका छन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij